चीन र रुसबीचको सम्बन्धमा नयाँ शक्ति
2022-02-05 17:17:22cri
Share with:

फेब्रुअरी ४ तारिख २४औं हिउँदे ओलम्पिक खेलकुद पैचिङ्गमा औपचारिक रुपमा सुरु भएको छ। तत्स्थानमा भाग लिनुभएका विदेशी उच्च राजनीतिज्ञहरुमध्ये एकको रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आतिथ्यता ग्रहण गर्नु आउनुभएको हो।


“तपाईँको यस चीनको भ्रमण हाम्राबीच हिउँदे ओलम्पिक समारोहलाई व्यवहारमा उतारेको हो। हाम्रो यस भेटघाटले चीन र रुसबीचको सम्बन्धमा झन बढी नयाँ शक्ति सिर्जना गर्ने मेरो विश्वास छ।” हिजो चार तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्दै उक्त कुरा बताउनुभएको हो। यी दुबै पक्षले चीन र रुसबीचको सम्बन्ध र ग्लोबल विकासको स्थिरता सम्बन्धी श्रृंखलावद्ध महत्वपूर्ण समस्याबारेमा छलफल गरेका छन्। यी दुबै पक्षले 《चीन र रुसबीच नयाँ युगको अन्तर्राष्ट्रिय सम्बन्ध र ग्लोबल दिगो विकास सम्बन्धी संयुक्त वक्तव्य》सार्वजनिक गरेका छन्।

 यस भेटघाटमा प्रभावकारी सहयोग नै एक मुख्य शब्द बनेको छ। यी दुबै मुलुकका नेताहरुले अर्थ तथा व्यापार,ऊर्जास्रोत,बैज्ञानिक प्रविधि,बित्त आदि धेरै पक्ष सम्बन्धी सहयोगात्मक विषय छलफल गर्दै चीन र रुसको खेलकुद आदानप्रदान वर्ष औपचारिक सुरु भएको सम्बोधन गरेका छन्। यी दुबै मुलुकका सम्बन्धित विभाग तथा व्यवसायहरुले २० वटा सहयोगात्मक दस्तवेजमा हस्ताक्षर गर्दै आपसी प्रभावकारी सहयोगलाई मजबुत बनाएका छन्।

 

चीन र रुसबीच उच्चस्तरीय पारस्परिक विश्वास र चौतर्फी प्रभावकारी सहयोगबाट दुबै मुलुकका जनतालाई लाभ सिर्जना गर्ने मात्र नभई जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा स्थिर तथा सकारात्मक शक्ति पुर्याउने छ।