सी चिनफिङद्वारा कजाकिस्तानका राष्ट्रपतिसँग वार्ता#चिनियाँराष्ट्राध्यक्ष
2022-02-05 17:18:54cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी ५ तारिख जन बृहत् सभा भवनमा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुन आउनुभएका कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट टोकायेभसँग वार्ता गर्नुभएको छ।

 

सी चिनफिङले चीन कजाकिस्तानको भरपर्दो साथी र दृढ साझेदार रहिरहने  भन्दै कजाकिस्तानसँग राजनीतिक आपसी विश्वास र व्यापक सहयोगलाई बढाउने इच्छा चीनले लिएको उल्लेख गर्नुभयो। चीन र कजाकिस्तानले बेल्ट एन्ड रोडको आधारमा ‘इन्टर्कनेक्शन’लाई उकास्नुपर्ने सीले दोहोर्याउनुभयो।

 

प्रत्युत्तरमा टोकायेभले कजाकिस्तानले बेल्ट एन्ड रोड निर्माणको सहयोगमा समर्थन र संलग्न भएर सी चिनफिङको विश्व विकास प्रस्ताव र यसअघि मध्य एशिया र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवमा सी चिनफिङले प्रस्तुत गर्नुभएको महत्वपूर्ण प्रस्तावमा समर्थन गर्ने व्यक्त गर्नुभयो।