राष्ट्राध्यक्ष सी चिनफिङ तथा लक्जम्वर्गका ग्र्याण्ड ड्युक बीच भेटवार्ता
2022-02-08 15:43:40cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ६ तारिख दिउँसो जन बृहत् सभा भवनमा सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उदघाटन समारोहमा सहभागी हुनुभएको लक्जम्वर्गका ग्र्याण्ड ड्युक हेनरीसँग भेटवार्ता गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले चीन लक्जम्वर्ग मैत्रीपूर्ण कार्यलाई दृढ समर्थन र सकारात्मक प्रबर्द्धन गरेकोमा लक्जम्वर्गको राजदरबारलाई कृतज्ञता व्यक्त गर्नुका साथै सन् २००८ ग्रीष्मकालीन ओलम्पिक र सन् २०२२ हिउँदे ओलम्पिक खेलकुदलाई समर्थन गरेकोमा पुन:एकपल्ट धन्यवाद प्रकट गर्नुभएको छ।

 

यसै गरी, ग्र्याण्ड ड्युक हेनरीले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उदघाटन समारोह एकदमै उच्च स्तरीय र मनोरञ्जनात्मक रहेको प्रशंसा गर्दै बेल्ट एण्ड रोड एउटा राम्रो प्रस्ताव भएकोले लक्जम्वर्ग सक्रियताका साथ त्यसमा संलग्न हुने कुरामा पनि जोड दिनुभएको छ।