बसन्त चाडको पूर्वसन्ध्यामा आधारभूत निकायहरुको हेरचाह गरी सर्वसाधारणलाई चिनियाँ नयाँ वर्षको अभिवादन व्यक्त गर्नु विगत १० वर्षदेखि राष्ट्राध्यक्ष सी चिन फिङको एउटा बानी बनेको छ। उत्तरी भागको घाँसे मैदानदेखि दक्षिण पश्चिमी भागको सानो गाउँसम्म नयाँ वर्षको अवधिमा उहाँको पैदलयात्रा चीनमा फैलिएको छ। यीमध्ये उहाँले सधैं अग्लो पहाडमा रहेको अल्पसंख्यक जाति बसोबास गर्ने दुर्गम क्षेत्रको निरीक्षण गर्नुहुन्छ, जसबाट अल्पसंख्यक जातिका सर्वसाधारणप्रति राष्ट्राध्यक्ष सीले माया र वास्ता देखाउनु भएको छ।
सन् २०१४ जनवरीमा वसन्त चाडअघि भित्री मंगोलियाको सिलिनगोल घाँसे मैदानमा सी चिनफिङले मंगोलिया जातिको परम्परागत तरिकामार्फत् शुभकामना दिनुभएको थियो। “घाँसे मैदानमा बस्ने पशुपालकलाई प्रतियोगितामा भाग लिने घोडाहरूजस्तै भविष्यको कार्य, जीवनमा अगाडि जानोस् र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्छु।”
त्यसपटक चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशनपछि सीले पहिलोपटक भित्री मंगोलियाको निरीक्षण गर्नु भएको हो। पाँच वर्षपछिको सन् २०१९ मा उहाँले फेरि भित्री मंगोलियाको भ्रमण गर्नुभयो। सो अवसरमा “सम्पन्न समाजको चौतर्फी निर्माण गर्नका लागि कुनै जाति पनि छुट्न हुँदैन, चिनियाँ जातिको महा पुनर्त्थान गर्न कुनै जाति छुट्नु हुँदैन” भन्ने विषयमा उहाँले जोड दिनुभयो।
राष्ट्रध्यक्ष सीले अल्पसंख्यक जातिको गरिबी निवारण मामिला सधैं नै मनमा राख्नुभएको छ। यातायात जाम हुनाले हुनान प्रान्तमा म्याउ जातीय शपातोङ गाउँ ज्यादै गरिब थियो। सन् २०१३ मा राष्ट्राध्यक्ष सीले त्यहाँ निरिक्षण गर्दै म्याउ जातीय जेठी श फाच्वानसँग कुराकानी गर्नुभयो।
“श- तपाईं ठूला नेता हुनुहुन्छ। हामी सर्वसाधारणलाई हेरचाह गर्ने अधिकारी हुनुहुन्छ।
सी-म जनताको सेवक हुँ।”
तु लुङ जाति चीनमा जनसंख्या सबैभन्दा कम भएका २८ अल्पसंख्यक जातिहरूमध्येको एक हो। यो जाति मुख्यतः युन्नान प्रान्तीय तु लुङच्याङ वस्तीमा बस्छन्। त्यहाँ पहाडी र उपत्यका भएका हुनाले प्राकृतिक श्रोत ज्यादै कमजोर छ। त्यसैले त्यहाँ युन्नान प्रान्त र चीनभरि सबैभन्दा गरिब क्षेत्रहरूमध्येको एक हो। सन् २०१४ को नयाँ वर्षमा स्थानीय बासिन्दाहरूले राष्ट्राध्यक्ष सीलाई चिट्ठी पठाएर सडक-सुरुङ छिर्न लागेको जानकारी दिएका थिए। सीले चिट्ठी पाउने बितिकै जवाफ दिएर प्रोत्सहन व्यक्त गर्नुभयो। सन् २०१५ को जनवरीमा युन्नानको भ्रमण गर्दै सीले विशेष गरी चिट्ठी लेखेका तु लुङ जातीय सर्वसाधारणसँग भेट-वार्ता गर्नुभयो।
राष्ट्राध्यक्ष सीले धेरैपटक दोहोर्याउनुभयो, चिनियाँ जाति एउटा ठूलो परिवार हो र सबै सदस्यले राम्रो जीवन बिताउनुपर्छ।
पहिलो शतवार्षिकी लक्ष्य पूरा भएको चीन समाजवादी शक्तिशाली आधुनिक मुलुक बन्ने दोस्रो शतवार्षिकी लक्ष्यतर्फ अघि बढ्दै छ। सन् २०२१ को अप्रिलमा राष्ट्राध्यक्ष सी चिन फिङले क्वाङ सी प्रान्तको निरीक्षण गर्दा दोस्रो शतवार्षिकी लक्ष्यतर्फ अघि बढ्ने नयाँ क्रममा कुनै पनि जाति छुट्नु हुँदैन भन्ने कुरामा जोड दिनुभएको थियो।