बरफ र हिउँ अर्थतन्त्रबाट चिनियाँ वसन्त चाडलाई प्रोत्साहन
2022-02-08 16:09:31cri
Share with:

सन् २०२२ चिनियाँ बाघ वर्षको वसन्त चाडमा बाघभन्दा पिङ तुन तुन नामक पाण्डा अझै लोकप्रिय भएको छ। यो पैचिङ हिउँदे ओलम्पिक खेलकुदको शुभंकर हो। ग्राहकलाई ज्यादै मन परेका हुनाले हाल पिङ तुन तुनको खेलौना बजारमा हारालुछ बिक्री भइरहेको छ। वसन्त चाड र हिउँले ओलम्पिक सँगसँगै परेकाले चिनियाँ विदाको समयमा उपभोग बजारको जीवन शक्ति अझै बढेको छ।

हिउँदे ओलम्पिक परिधीय उत्पादनबाहेक बरफ र हिउँ खेलहरू पनि निकै लोकप्रिय बन्दैछन्। वसन्त चाडको विदामा स्की क्षेत्रको टिकटको विक्री मात्रा गत वर्षको तुलनामा डबल भएको छ। धेरै वरफ तथा हिउँ पर्यटकीय क्षेत्रमा होटलको पूर्वनिर्धारित रकम गत वर्षभन्दा दुई गुणाले बढेको छ।

सन् २०१५ चीनले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको आयोजनाका लागि आवेदन दिँदा ३० करोड जना वरफ तथा हिउँ खेलमा भाग लिन लगाउने लक्ष्य प्रस्तुत गरेको थियो। हाल यो लक्ष्य पूरा भइसकेको छ। सन् २०२१ अक्टोबरसम्म चीनमा वरफ तथा हिउँ खेलमा भाग लिने जनसंख्य ३४ करोड ६० लाख पुग्नुका साथै सहभागी दर २४.५६ प्रतिशत भएको छ। वरफ तथा हिउँसम्बन्धी खेल, पर्यटन, उपकरण र व्यवसायको लगानी आदि क्षेत्रको चौतर्फी सुधार भएका छन्। चिनियाँ पर्यटन अनुसन्धान केन्द्रबाट प्रकाशित प्रतिवेदनका अनुसार, सन् २०२१ देखि २०२२ सम्म चिनियाँ वरफ तथा हिउँ यात्रासम्बन्धी आम्दानी ३ खर्ब २३ अर्ब ३० करोड युआन पुग्ने सम्भावना छ। 

चिनियाँ विदा उपभोग्य बजारको राम्रो उपलब्धि महामारीको रोकथाम तथा नियन्त्रण गर्न चीन सरकारको सही र प्रभावकारी कदमसित सम्बन्धित रहेको छ। चीन सरकारको समग्र नीतिसित पनि सम्बन्धित छ।

चालु वर्ष चिनियाँ उपभोग्य बजारको पुनर्त्थानका सामु पनि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय दवाव तथा अनिश्चितता देखा परेका छन्। तर चिनियाँ अर्थतन्त्रको निरन्त सुधारबारे अपेक्षित, बासिन्दाको आयको वृद्धि र चीन सरकारको अनेकन प्रवर्द्धन नीतिले उपभोग बजारलाई अझ बढी विश्वास र शक्ति थप्ने छन्। साथै विश्वव्यापी उद्यमहरूले चिनियाँ बजारबाट अझ बढी चिनियाँ अवसर ल्याएका छन्।