अमेरिद्वारा थाइवान जल डमरूको शान्ति तथा स्थिरतामा विध्वंश
2022-02-09 16:34:20cri
Share with:

अमेरिकाले फेब्रुअरी ७ तारिख चिनियाँ थाइवानलाई १० करोड डलरको देशभक्त मिसाइल इन्जिनियरिङ् सेवा र युद्धस्थल निगरानी कार्यक्रम बिक्री गर्ने निर्णय गरेको छ। बाइडेन सरकारले दोस्रोपटक थाइवानलाई हतियारको बिक्री गर्ने निर्णय गरेको हो। वाशिन्टनले थाइवानको स्वतन्त्रतालाई समर्थन नदिने राजतीनि वचनवद्धतामाथि धेरैपटक उल्लंघन गर्नुका साथै थाइवान कार्डमार्फत् चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ। यो खराब गतिविधिबाट अमेरिका थाइवान जल डमरूको शान्ति तथा स्थिरतामा सबैभन्दा विध्वंश भएको पुष्टि गरिएको छ।

थाइवान मामिला चीन र अमेरिकाको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण र संवेदनशील विषय हो। वाशिङ्टनले यसबारे स्पष्ट रूपमा थाहा पाएको छ। वर्तमान अमेरिका सरकारले पनि थाइवान जलडमरूको शान्ति तथा स्थिरता कायम राख्नका लागि धेरैपटक एक चीनको नीतिको पालना गरी थाइवानको स्वतन्त्रतालाई समर्थन नदिने वाचा गरेको छ। तर वास्तवमा अमेरिकाले यो धारणालाई साँचिकै व्यवहारमा उतारेको छैन।

सैन्य जहाज पठाएर थाइवान जल डमरू पार लगाएको, थाइवानलाई हतियारको बिक्री गरेको, लगायतका गतिविधिहरूबाट अमेरिकको नक्कली अनुहार र थाइवानद्वारा चीनको प्रतिरोध गर्ने प्रयास फेरि एकपटक देखिएको छ। अमेरिकाले एक चीनको नीतिलाई बङ्ग्याउने र थाइवानको स्वतन्त्रता पृथक शक्तिलाई उक्साउने गलत गतिविधिले थाइवानलाई अत्यन्त खतरनाक अवस्थामा पुर्‍याउनेछ। यसबाट अमेरिकाले पनि अप्ठ्यारो मूल्य चुकाउनु पर्नेछ।

चीन एकिकृत हुनुपर्छ र अवश्य हुनेछ। कुनै मान्छे वा शक्तिले यो ऐतिहासिक प्रक्रियालाई रोक्न सक्दैन। अमेरिकाले एक चीनको नीतिको व्यावहारिक रूपमा पालन गरी थाइवानका लागि हतियार बिक्री योजना छोड्नुका साथै सैन्य सम्पर्क र थाइवानको स्वतन्त्रता पृथक शक्तिमार्फत् चीनको हितलाई भत्काउने कार्य रोक्नुपर्छ। नत्र चीनले उचित तथा प्रभावकारी कदम चालेर आफ्नो सार्वभौमिक्ता र सुरक्षाको संरक्षण गर्नेछ।