अर्जेन्टिना बेल्ट एण्ड रोडको साथी सर्कलमा सहभागी
2022-02-09 16:40:33cri
Share with:

अर्जेन्टिनाका राष्ट्रपति फर्नान्डेजको चीन भ्रमणका क्रममा अर्जेन्टिना र चीनबीचमा "बेल्ट एन्ड रोड" को साझा निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। जसबाट अर्जेन्टिना"बेल्ट एण्ड रोड" परिवारको सदस्य बनेको छ।

२१ औँ शताब्दी सामुद्रिक रेशमी मार्गको प्राकृतिक विस्तार भएकाले ल्याटिन अमेरिका बेल्ट एण्ड रोडको निर्माणमा महत्वपूर्ण सहभागिता हो। ल्याटिन अमेरिकी देशहरूले बेल्ट एण्ड रोड प्रस्तावप्रति स्वागत गरेका छन्। हालसम्म अर्जेन्टिना, चिली, पेरुलगायत लगायत २० ल्याटिन अमेरिकी देशहरूले "बेल्ट एण्ड रोड" को संयुक्त निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

विगत आठ वर्षमा चीनले करिब १५० देश र ३२ अन्तर्राष्ट्रिय संस्थाहरूसँग "बेल्ट एण्ड रोड" संयुक्त निर्माणका लागि २०० भन्दा बढी सहयोग दस्तावेजमा हस्ताक्षर गर्नुका साथै ९० भन्दा बढी द्विपक्षीय सहयोग व्यवस्थाको स्थापना गरेको छ। बेल्ट एण्ड रोडको साथी सर्कल झन् झन् फराकिलो हुँदैछ। यसले ल्याटिन अमेरिकी देशलगायत विश्वव्यापी देशहरूको साझा विकासको आवश्यकता पूरा गर्दछ र सबै देशका जनताले राम्रो जीवन बिताउने दृढ इच्छासँग अनुकूल छ। यो विश्वमा सबैभन्दा लोकप्रिय सार्वजनिक उत्पादन पनि बनेको छ।

"बेल्ट एण्ड रोड" को रूपरेखामा भविष्य चीन र अर्जेन्टिनाबीचको सहयोगको निरन्तर विस्तार हुनेछ।