इतिहासको लागि सबभन्दा राम्रो स्मरण नै नयाँ इतिहासको सिर्जना गर्नु हो
2022-02-10 09:20:32cri
Share with:


 

 ‘चिनियाँहरूले खुशी भएर नयाँ वर्षको स्वागत गर्न लायक भन्ने कुरामा शंका छैन’ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२२ नयाँ वर्षको शुभकामना सन्देश सुनेपछि रूसी विदेश मन्त्रालय कूटनीति कलेजमा आधनुकि अन्तर्राष्ट्रिय समस्या अनुसन्धानालयका प्रमुख बर्जालोभले मूल्याङ्कन गर्नुभएको छ।

बितेको वर्ष २०२१ मा चीनले महामारी नियन्त्रण तथा आर्थिक विकासको बैज्ञानिक बन्दोबस्त गरेको छ जसबाट चीनको अर्थतन्त्र विश्वमा राम्रो भएको देखिन्छ। १.४ अर्ब जनसंख्या भएको विकासोन्मुख मुलुक चीनले  आफ्नो कामलाई राम्रोसँग गरेको छ जुन विश्वका लागि सबभन्दा ठूलो योगदान हो।

सन्२०२१ जटिल तथा परिवर्तित स्वदेशी तथा विदेशी परिस्थितिको सामना गर्दै चीनले धेरै ऐतिहासिक उपलब्धि हासिल गरेको कारण के हो? राष्ट्राध्यक्ष सीले शुभकामना सन्देशमा भन्नुभए जस्तै, ‘विविध कामलाई भन्नुपर्दा हजारौं परिवारसँग सम्बन्धित हुन्छ।’ जनता केन्द्रित हुनु नै चिनियाँ कम्युनिष्ट पार्टी सफल भएको मुख्य कारण हो र गत वर्ष चीनले कोशे ढुङ्गा स्वरूप उपलब्धि हासिल गरेको श्रोत पनि हो।

इतिहासको लागि सबभन्दा राम्रो स्मरण नै नयाँ इतिहासको सिर्जना गर्नु हो। सन् २०२२ को भविष्यवाणी गर्दा विश्व चीनको अपेक्षामा छ भने चीन तत्पर भएको छ। आफ्नो कामलाई राम्रोसँग गर्नुका साथै विश्वको शान्ति तथा विकासका लागि जीवन्त मौका सिर्जना गर्ने विश्वास चीनसँग छ। किनभने ‘सम्माननीय जनता, दिनप्रतिदिन परिवर्तित विकास र बिँडो थाम्ने महान कार्य यहाँ पाइन्छ।’

सन् २०२२ को पहिलो दिन क्षेत्रीय पूर्ण आर्थिक साझेदारी सम्बन्ध सन्धि (आरसीइपी) औपचारिक रूपमा लागू भएको छ जुन विश्वमा सबभन्दा बढी जनसंख्या भएको र सबभन्दा ठूलो आर्थिक व्यापारिक परिधि भएको तथा सबभन्दा ठूलो निहित विकास शक्ति भएको स्वतन्त्र व्यापार क्षेत्र संचालनमा आएको प्रतीक हो। विश्वका २.२ अर्ब जनसंख्या समेट्ने आरसीइपीले विश्वको सम्पूर्ण जीडीपीको ३० प्रतिशतले हिस्सा लिन्छ। लागू भएको पहिलो चरणका मुलुकहरूमध्ये आशियानका ६ वटा मुलुक, चीन, जापान, न्युजिल्याण्ड, अस्ट्रेलिया रहेका छन् भने दक्षिण कोरिया आउने फेब्रुअरी १ मा प्रवेश गर्ने भएको छ।

आरसीइपीले ढाक्ने क्षेत्रमा रहेका ९० प्रतिशत मालसामानका लागि सून्य भन्सार लगाइने छ। साथै सेवारत व्यापार, लगानी, बौद्धिक सम्पदा अधिकार, इ-कर्मस सम्बन्धी नीति नियम पनि विश्वमा अग्रसर छ्न्। आशियानको संचारमाध्यमले यस्तो मूल्याङ्कन गरेका छन् कि आरसीइपी नै क्षेत्रीय आर्थिक पुनरूत्थानलाई अघि बढाउने इन्जिन हो भने संयुक्त राष्ट्र संघको व्यापार विकास सम्मेलनले आरसीइपीबाट विश्व व्यापारको नयाँ केन्द्र सिर्जना गर्ने ठहर गरेको छ।

भविष्यमा चीनले ठूलो परिधिको बजार भन्ने श्रेष्ठता तथा गार्हस्थ्य निहित शक्तिको भूमिकालाई अझ राम्रोसँग खेल्दै क्षेत्रीय साझेदारसँगै क्षेत्रीय आर्थिक व्यापारिक केकलाई ठूलो बनाउँदै जानेछ जसबाट चिनियाँ बजारमा रहेका मौका अझ बढी उद्यमसँग बाँड्न सकिनुका साथै अझ बढी उपभोगसँग वस्तुगत लाभ पनि शेयर गर्दै जानेछ।