सम्पूर्ण विश्वले पैचिङ हिउँदे ओलम्पिक खेलकूदमा नजर पुर्याइरहेको बेला बेलायती संचारमाध्यम बीबीसीले भने फेब्रुअरी ८ तारिख प्रकाशित एउटा रिपोर्टमा चीन-नेपाल ‘सिमा समस्या’बारे फेरि एक पटक उल्लेख गरेको छ। नेपाल सरकारबाट ‘चुहिएको एक प्रतिवेदन’मा चीनले नेपालको भूभाग कब्जा गरेको दाबी गरिएको कुरा बीबीसीको सो रिपोर्टमा जनाइएको छ। साथै यो नै नेपाल सरकारले नेपालमा चीनले गरेको गतिविधिको पहिलो औपचारिक निन्दा हो भन्ने कुरा पनि रिपोर्टमा उल्लेख छ।
सर्वविदित कुरा के हो भने धेरै समयअघि नै कथित नेपाली भूभाग चीनले कब्जा गरेको समस्याबारे चीन तथा नेपाल दुवै सरकारका सम्बद्ध विभागले धेरै पटक औपचारिक रूपमा स्पष्ट पारिसकेका छन्। नेपलाका तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारको तर्फबाट स्पष्टसँग प्रकाश पारिसक्नुभएको छ, नेपाल र चीन बीच ‘भूभाग सम्बन्धी मतभेद’ विद्यमान छैन। सन् २०२० मा चीन र नेपालको सिमामा गरिएको संयुक्त सिमा परीक्षण कार्यक्रममा समस्या भेटिएको थिएन। नेपालका लागि चिनियाँ राजदूत हौ यानछीले पनि भन्नुभएको छ, सर्वविदित कुरा के हो भने गत शताब्दीको ६० दशकमा चीन र नेपाल दुवै देशले मैत्रीपूर्ण बहसमार्फत् सिमा समस्याको समाधान गरिसकेका छन् र कुनै मतभेद पनि छैन। दुई देशका सिमावर्ती बासिन्दाहरू बीच पनि मैत्रीपूर्ण आदानप्रदान भइरहेको छ। केही संचारमाध्यम वा संगठनले पटक पटक गरी कथित ‘चीनले नेपालको भूभागको कब्जा गरेको’ विषयलाई प्रचारप्रसार गर्ने गरेको छन्। यस्ता कुरा सबै आधारहिन हुन्।
चाखलाग्दो कुरा के छ भने, बीबीसीका जानकारीअनुसार, यो प्रतिवेदन गत सेप्टेम्बरमा "नेपाल सरकारले प्रकाश गरिएको" हो। तर गत सेप्टेम्बर ४ तारिख नेपालका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र चीनबीच कुनै पनि क्षेत्रीय विवाद नभएको बताउनुभएको थियो।
तथाकथित "चीन-नेपाल सीमा समस्या" धेरै पटक स्पष्ट पारिएको छ। तर लगभग ५ महिनापछि किन बीबीसीले यो विषयबारे फेरि प्रसारण गरेको छ?
पश्चिमी सञ्चारमाध्यमले ध्यान आकर्षित गर्न झुटो जानकारी दिने बानी परेका धेरै स्मार्ट मान्छेहरूले राम्ररी थाह पाएका छन्। नेपाली स्वतन्त्र पत्रकार शृष्टि काफ्लेले चिनियाँ सञ्चारमाध्यमसँग अन्तर्वार्ता दिँदै टिप्पणी गर्नुभयो, ‘तपाईलाई थाहा छ, नेपाल र भारत बीचको क्षेत्रीय विवाद छ, तर बीबीसीले जानकारी दिँदैन। किनकि बीबीसीको चीनविरोधी कथासँग त्यो मिल्दैन। नेपालमा कुनै विषयबारे चर्को बहस हुँदा ‘चीनले सिमा उल्लङ्घन गरेको’ आवाज उठ्ने गरेको छ । "अमेरिकासँगको एमसीसी सम्झौता काठमाडौंमा चर्को बहस हुँदा 'सीमा मामिला' फेरि उठेको छ..."
सूचना विविधता युगमा, अब संसारभरि केही पश्चिमी सञ्चार माध्यमको आवाज मात्र होइन। झन् झन् बढी सर्वसाधारणले यी मिडियाहरूको "राजनीतिक उपकरण" को पहिचानबारे स्पष्ट रूपमा बुझ्दैआएका छन्।
हालै जारी रहेको पैचिङ हिउँदे ओलम्पिक खेलकुद हेर्नोस र केही वर्षयता चीनविरोधी शक्ति र सञ्चारमाध्यमहरूले सक्दो प्रयासमा चीनमाथि हिलो छ्याप्ने र अफवाह फैलाउने गतिविधिबारे सोच्नोस्। बीबीसीले स्पष्ट पारेको यस्तो पुरानो विषयबारे फेरि उक्साउने उद्देश्य स्पष्ट होला।