राष्ट्राध्यक्ष सी चिनफिङद्वारा टर्कीका राष्ट्रपतिलाई सान्त्वना सन्देश
2022-02-10 16:13:32cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १० तारिख टर्कीका राष्ट्रपति रिसेप एर्डोगानलाई एक सन्देश पठाउँदै राष्ट्रपति एर्डोगान र उहाँकी श्रीमती कोरोना भाइरसबाट संक्रमित भएकोमा शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। 

सन्देशमा राष्ट्राध्यक्ष सीले यसरी उल्लेख गर्नुभएको छ, राष्ट्रपति र श्रीमती नयाँ कोरोना भाइरसबाट संक्रमित भएको खबर पाउँदा हामी दुःखी भएका छौँ। म र मेरी श्रीमती फङ ली युआन तपाईं र तपाईँकी श्रीमतीको स्वास्थ्य लाभको कामना गर्दछौँ। तपाईँहरू चाँडै नै निको हुनुहुने आशा मैले गरेको छु।

चीनले निरन्तर रूपमा महामारीको प्रतिरोध गर्न टर्कीलाई दृढताका साथ समर्थन गर्दै जाने तथा चीन र टर्की बीचको सम्बन्धको विकासमा उच्च महत्व दिनुका साथै राष्ट्रपति एर्डोगानसँगै मिलेर चीन र टर्की बीचको रणनीतिक सहयोगात्मक सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन चाहेको पनि राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभएको छ।