प्रतिस्पर्धा? अमेरिकी प्रभुत्व चीनका लागि स्वीकार्य छैन
2022-02-11 16:48:20cri
Share with:

अमेरिकी काँग्रेसको प्रतिनिधि सभाले कथित अमेरिकी प्रतिस्पर्धा कानुन २०२२ पारित गरेको छ। जसबाट उत्पादन, नवीनता र आर्थिक बलमा अमेरिकाको नेतृत्वको प्रत्याभूति गर्नका लागि भएको दावी गरिएको छ।  तर कानुनमा चीनसम्बन्धी धेरै विषय समेटिएका छन्। उदाहरणका लागि चीनको विकास मार्ग र अन्तर्राष्ट्रिय तथा गृह नीतिमाथि हिलो छ्याप्ने, थाइवान, सिन्च्याङ, हङकङ तथा तिब्बतमार्फत् चीनको आन्तरिक मामिलामाथि हस्ताक्षेप गर्ने आदि रहेका छन्। त्यसैले यो कानुनले प्रतिस्पर्धाको नाउँमा चीनको प्रतिरोध गर्नु हो। जसबाट शीतयुद्ध र शून्य योग विचार स्पष्ट रूपमा देखाइएको छ। त्यसैले त्यसलाई प्रभूत्व कानुन पनि मानिन्छ।

चिनियाँमा एउटा भनाइ ज्यादै लोकप्रिय छ- आफै चम्किनू, अरुको बत्ती ननिभाउनू। देशबीचको प्रतिस्पर्धा सामान्य भए तापनि सकारात्मक प्रतिस्पर्धा हुनुपर्छ, आपसलाई प्रहार गर्ने नकारात्मक प्रतिस्पर्धा गर्नु हुँदैन। चीनको विकास लक्ष्य अमेरिका बदल्नु होइन, चिनियाँ जनतालाई अझ सुखमय जीवनको कार्यान्वयन हो। चीनले कुनै पक्षसँग आफ्नो उचित विकास अधिकारको वञ्चित गर्न दिँदैन।

वास्तवमा अमेरिकको साँचो विपक्षी ऊ आफैँ हो। केही अमेरिकी राजनीतिज्ञले विज्ञान तथा प्रविधि र अर्थतन्को विकास नियममाथि उल्लङ्घन गर्दा प्रतिस्पर्धाको निहुँबाट चीनमाथि विरोध गर्ने नतिजा विभिन्न क्षेत्रमा चीन र अमेरिकाको सहयोगमाथि गम्भीर रूपमा भंग गर्नुका साथै अन्त्यमा अमेरिकाको आफ्नो फाइदामाथि क्षति पुर्‍याउनेछ।

अमेरिकी कानुनका अनुसार, कथित अमेरिकी प्रतिस्पर्धा कानुन २०२२ प्रतिनिधि सभाबाट पारित भएपछि सिनेटबाट समीक्षा गरिनुका साथै राष्ट्रपतिबाट स्वीकार गरिएपछि कार्यान्वयन हुनेछ। केही अमेरिकीहरूले चीनको विकासबारे वस्तुनिष्ठ र तर्कसंगत रूपमा विचार गरेर उक्त कानुनको प्रक्रियलाई रोक्ने सुझाव छ।