“बेल्ट एण्ड रोड”को सहयोगात्मक परियोजनाले चीन र मोरोकोबीचको रणनीतिक साझेदारी सम्बन्धको स्तर उकास्ने
2022-02-11 16:08:02cri
Share with:



 

हाल चीन सरकार र मोरोको सरकारले “बेल्ट एण्ड रोड”को साझा निर्माणको सहयोगात्मक परियोजनामा हस्ताक्षर गरेका छन्। मोरोकोका लागि चिनियाँ राजदूत ली छाङलीनले अन्तर्वर्ता दिँदै चीनसँग “बेल्ट एण्ड रोड”को साझा निर्माणको सहयोगात्मक परियोजनामा हस्ताक्षर गरेको उत्तर अफ्रिकाको पहिलो मुलुकका रुपमा मोरोकोको विभिन्न पक्षले यसको उच्च मूल्यांकन गरेको बताउनुभयो। राजदूत लीकाअनुसार, चीन र मोरोकोले “बेल्ट एण्ड रोड”को साझा निर्माणको सहयोगात्मक परियोजनामा हस्ताक्षर गरेको कुरा दुई पक्षको विकास लक्ष्य साकार तुल्याउन र दुई मुलुकको रणनीतिक साझेदारी सम्बन्धको स्तरलाई उकास्नका लागि हितकर हुनेछ।

 

गत जनवरी ५ तारिख चीन र मोरोकोले “बेल्ट एण्ड रोड”को सहयोगात्मक परियोजनामा हस्ताक्षर गरेका थिए। राजदूत लीकाअनुसार, दुई मुलुकले आधारभूत प्रबन्धको निर्माण, सामानको परिवहन, व्यापार, लगानी, कृषि, मत्स्यपालन, ऊर्जा स्रोतआदि क्षेत्रहरूको सहयोगलाई निरन्तर रुपमा सबल पार्ने निर्णय गरेका थिए। राजदूत ली भन्नुहुन्छ “सन् २०१७ मा चीन र मोरोकोले “बेल्ट एण्ड रोड”को साझा निर्माणको स्मृत्ति पत्रमा हस्ताक्षर गरेका थिए। चीन र मोरोकोले हाल “बेल्ट एण्ड रोड”को साझा निर्माणको सहयोगात्मक परियोजनामा हस्ताक्षर गरेका कुराले दुई पक्षले एक अर्कालाई महत्वपूर्ण विकास साझेदारको रुपमा राख्ने अठोट र विश्वास देखाएको छ। सहयोगात्मक परियोजनामा हस्ताक्षर भएको कुरा दुई मुलुकको रणनीतिक साझेदारी सम्बन्धको विकास स्तरलाई उकास्नका लागि महत्वपूर्ण अर्थ रहेको छ।”


 

मोरोकोको विभिन्न पक्षले चीन र मोरोकोले “बेल्ट एण्ड रोड”को साझा निर्माणको सहयोगात्मक परियोजनामा हस्ताक्षर गरेको कुराको उच्च मूल्यांकन गरेको छ। राजदूत लीकाअनुसार, हालैका वर्षहरूयता चीन र मोरोकोको सम्बन्धले निरन्तर रुपमा प्रगति हासिल गरेको छ। “बेल्ट एण्ड रोड”प्रस्तावको साझा निर्माणको परियोजनामा चीन र मोरोकोले हस्ताक्षर गरेपछि दुई मुलुकको आर्थिक तथा व्यापारिक आदान-प्रदानमा विकास प्रवृत्ति देखिएको छ। राजदूत ली भन्नुहुन्छ “सन् २०२१ मा चीन र मोरोकोको द्विपक्षीय व्यापार महामारीबाट परेको असर पार भई ५ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको थियो। यसले इतिहासको नयाँ कीर्तिमानको खडा गरेको थियो। मलाई खुशी लागेको अर्को कारण के हो भने लगानी र सहकार्य क्षेत्रमा डिकास्टल, चीनको यातायात निर्माण कम्पनीलगायतका केही चिनियाँ उद्योग-व्यवसायहरूले लगानी लगाउन मोरोको गएका छन्। चिनियाँ उद्योग-व्यवसायहरूले मोरोकोसँग उद्योगको उत्पादन, वैज्ञानिक प्राविधिक पार्कको निर्माण, नयाँ ऊर्जा स्रोतआदि क्षेत्रहरूमा सहकार्य गरेका छन्। सांस्कृतिक आदान-प्रदान क्षेत्रमा मोरोको मध्य-पूर्वी क्षेत्रमा तीन वटा कन्फ्युसियस इन्स्टिट्यूट र चिनियाँ सांस्कृतिक केन्द्र रहेको एक मात्रै मुलुक हो। सन् २०१९ मा घुम्न मोरोको गएका चिनियाँ पर्यटकको संख्या १ लाख ८० हजार पुगेको थियो र जुन सन् २०१५ को ९ गुणा बढी हो।” 

 

राजदूत लीले जानकारी दिनुभएअनुसार, चीन-अफ्रिका सहयोग मञ्चको प्रारुपमा लुबान कार्याशाला केही दिनअघि कासाब्लान्कामा अनावरण गरियो। लुबान कार्याशालाले मोरोकोलाई इलेक्ट्रोनिक वाणिज्य दक्ष व्यक्ति तालिम दिन मद्दत दिनेछ।

 

महामारी बिरुद्ध क्षेत्रमा चीन र मोरोकोबीचको सहकार्यबारे चर्चा गर्दा राजदूत लीले कोरोना भाइरस महामारी आएयता चीन र मोरोकोले फलदायक सहयोग गरेका कुरा बताउनुभयो।