रूस र उक्रेनबीच युद्ध नहुनु नै अमेरिकी राजनीतिज्ञको सबैभन्दा ठूलो चिन्ता
2022-02-13 18:36:48cri
Share with:

अमेरिकी राष्ट्रपति जो बाइडेनले फेब्रुअरी १२ तारिख रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन गर्दै रूसले उक्रेनमाथि आक्रमण गरेमा अमेरिका र उसका सहयोगीहरूले रूसमाथि ठूलो मूल्य चुकाउने अवस्था सिर्जना गर्ने दोहोर्‍याउनुभएको छ। तर पुटिनका अनुसार, अमेरिकाले सञ्चार माध्यमलाई रूस उक्रेनमाथि आक्रमण गर्दैछ भनेर किन तथाकथित योजना सुनाइरहेको छ त्यो कुरा रूसले बुझ्न सक्दैन। सोही दिन उक्रेनका राष्ट्रपतिले हाल उक्रेनमा चौतर्फी युद्ध नहुने प्रकट गर्नुभएको छ। 

हालसालै उक्रेन मामिलाबारे अमेरिका तथा पश्चिमी मुलुक र रूसबीचको भिडन्त चर्कंदै आएको छ। यद्यपि रूस र उक्रेनले धेरैपटक युद्ध सुरू नगर्ने दोहोर्‍याएका छन् तापनि अमेरिकाले युद्ध सुरू हुने वातावरण उक्साउँदैछ।

पहिलो, वाशिङ्टनले रूसको धम्कीमार्फत् यूरोपमा रणनीतिक तनावपूर्ण अवस्थाको सिर्जना गर्नखेको छ। जसबाट यूरोपेली देशहरू, विशेष गरी पूर्वी यूरोपेली देश र पूर्व सोभियत संघका सदस्य देशहरूले अमेरिकाको आदेश सुन्न सक्छन्।

दोस्रो, युद्ध संकट तथा प्रतिद्वन्द्व उक्साएर पैसा कमाउने अमेरिकाको निरन्तर गतिविधि हो।

त्यसैले हालसम्म उक्रेन संकटको विकास अमेरिकाको एउटा प्रदर्शन मात्र देखिन्छ।