अमेरिकी सरकारद्वारा अफगास्तानी जनताको जीवन रक्षाको पैसा डकैती
2022-02-13 16:51:03cri
Share with:

अमेरिकी राष्ट्रपति जो बाइडेनले फेब्रुअरी ११ तारिख अमेरिकामा अफगानिस्तान केन्द्रीय बैंकको सम्पत्ति फ्रिज गर्ने आदेश दिनु भएको छ। जसले उक्त बराबर ७ अर्ब डलरको सम्पत्ति दुई भाग विभाजन गर्ने योजना गरेको छ। आधाले ९.११ दुर्घटनाबाट पीडितलाई क्षतिपूर्ति दिनुका साथै अर्को आधाले तालिवान सरकारको वेवस्ता गर्ने अफगानिस्तान जनतालाई कथित सहायता दिनेछ।

यो सूचनाले विश्वको ध्यानाकर्षण गरेको छ। अमेरिकी सरकारले सार्वजनिक रूपमा अफगास्तान जनताको जीवन बचाउने पैसा खाएको छ। यो सार्वजनिक लुट हो। जसले अमेरिकाको प्रभूत्व र लुटेरा प्रकृति देखाइएको छ।

गत अगष्टमा तालिवान सशस्त्र शक्तिले अफगानिस्तानको राजधानीको नियन्त्रण गरेपछि अमेरिकी सरकारले विदेशमा अफगानिस्तान केन्द्रीय बैंकको पूँजी फ्रिज गरेको थियो। त्यसमध्ये अमेरिकामा रहेको लगभग ७ अर्ब डलर छ। जे भए पनि यो पूँजी अफगानिस्तानी जनताको हो। अमेरिकासँग कुनै पनि रूपमा उक्त पैसाको प्रयोग गर्ने अधिकार छैन। यद्यपि अमेरिका सरकारले अन्तर्राष्ट्रिय सहायतामा उक्त पूँजी प्रयोग गर्ने भनेको छ। तर यी सहायता मुख्यतः अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकबाट गरिएको छ। ह्वाइट हाउसले पनि उक्त पैसा आफ्नो खल्तीमा राख्नु हुँदैन। 

अर्कातिर सन् २०१७ अर्थात १६ वर्षपछि अमेरिकी सरकारले ९.११ दुर्घटनामा पीडितका परिवारलाई क्षतिपूर्ति दिनथालेको हो। सन् २०१९ मा अमेकरिकी सरकारले कानुन संशोधन गरेर पीडित परिवारको प्रारूप सुधार गरेको थियो। जसबाट केही तत्काल परिवार सदस्यहरूले क्षतिपूर्ति पाउन सक्दैनन्।

त्यसैले यी मान्छेहरूले अमेरिकी सरकारलाई अभियोग लगाउँदै वकिलले अमेरिकी सरकारसँग व्यापार गरेर अफगानिस्तान तालिवानलाई प्रतिवादीका रूपमा थपेको छ।

विश्वमा एउटा मात्रै सुपर पावर देशले अफगास्तानी जनताको जीवन बचाउने पैसा खाएको छ। यो निर्लज्ज कुरा हो। न्यायको भावनासँग मान्छेहरूले उक्त डकैती गतिविधिको विरोध तथा निन्दा गर्नुका साथै मानव जातिको सामान्य मानव अधिकारको संरक्षण गरेर व्यावहारिक रूपमा अफगानिस्तानी जनतालाई सहयोग गर्नुपर्छ।