नक्कली बेलायती राजनीतिज्ञको कुचे‌ष्टा
2022-02-13 18:35:48cri
Share with:

अर्जेन्टिनाका राष्ट्रपतिले चीनको भ्रमण गर्दा चीन र अर्जेन्टिनाले चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध प्रबर्द्धनसम्बन्धी संयुक्त वक्तव्य प्रकाशित गरेका छन्। वक्तव्यमा माल्भिनास टापुहरूमा अर्जेन्टिनाको सम्पूर्ण सार्वभौमिक्तासम्बन्धी मागलाई चीनले समर्थन दिन र संयुक्त राष्ट्र संघको निर्णयअनुसार वार्ताको पुनःसुरू गर्न दोहोर्‍याएको छ। यो चीनको अविच्छिन्न अडान हो। 

तर केही बेलायती राजनीतिज्ञले त्यसको प्रतिक्रिया दिएका छन्। बेलायती विदेशमन्त्रीले सामाजिक सञ्चालमा चीनसँग सार्वभमिकतालाई सम्मान दिने लेख पोस्ट गरेको छ। बेलायती तल्लो सदनले १० तारिख अवैध विषय पारित गरेर बेलायत तथा चिनियाँ थाइवानको सम्बन्धको सुधार गर्ने, थाइवानले अझ बढी अन्तर्राष्ट्रिय मान्यता पाउन समर्थन दिन उक्साएको छ।

यस्तो राजनीतिक प्रदर्शनले अन्तर्राष्ट्रिय जगतको आँखा छल्न सक्दैन।  माल्भिनास टापुहरूसम्बन्धी मामिला स्पष्ट छ। यी राजनीतिज्ञले थाइवान मामिलामार्फत् चीनमाथि दवाव दिने योजना पनि दुष्प्रयास मात्र हो।

२१ औँ शताब्दीको आज पश्चिमी उपनिवेशवादीहरूको गौरवशाली समय बितिसकेको छ। नक्कली बेलायती राजनीतिज्ञले न्याय दिने चाहना बोक्ने हो भने माल्भिनास टापुहरू अर्जेन्टिनालाई फर्काउनुपर्छ।