तथाकथित “इण्डो-प्यासिफिक रणनीति”अमेरिकी राजनीतिज्ञको षडयन्त्र
2022-02-14 20:45:41cri
Share with:

हाल अमेरिका सरकारले तथाकथित इण्डो-प्यासिफिक स्ट्रेटिजी“अमेरिकी भारत-प्रशान्त महासागर रणनीति”को रिपोर्ट सार्वजनिक गरेको छ। यो रिपोर्टबाट गएको केही वर्षदेखि यता अमेरिकाले संघीय मुलुकसँग मिलेर चीनलाई नियन्त्रण गर्न साथै आफ्नो आधिपत्य कायम राख्न र एशियान प्रशान्त महासागर क्षेत्रको प्रभाव पुनरूत्थान गर्नका लागि “चीनको धम्की”को विषय सिर्जना गर्न खोजिरहेको देखिन्छ।

 

उक्त “भारत-प्रशान्त महासागर रणनीति”को शीत युद्ध मानसिकता र ध्रुवीय राजनीतिका विषयहरू छन्। यसबाट कोही अमेरिकी राजनैतिज्ञहरूको षडयन्त्र देखाइएको छ।

 

सन् २०१९ वर्षको जुनमा अमेरिकाले रक्षा मन्त्रालयमार्फत उक्त“भारत-प्रशान्त महासागर रणनीति”लाई सार्वजनिक गरेको थियो। अमेरिका अहिले सरकारले काम शुरू वित्तिकै अमेरिकी विश्वव्यापी रणनीतिलाई एशियान प्रशान्त महासागर क्षेत्रतिर सार्न प्रवर्द्धन गरेको छ। अमेरिकाले तथाकथित “प्रशान्त महासागर रोकथाम परियोजना”, “अमेरिका-जापान-भारत-अस्ट्रेलिया चार मुलुक प्रणाली”, “अमेरिका-बेलागयत-अस्ट्रेलिया त्रिपक्षीय सुरक्षा साझेदारी सम्बन्ध” , “सन् २०२२ अमरिकी प्रतिस्पर्धा ऐन” र “नयाँ भारत-प्रशान्त महासागर रणनीति” यी विभिन्न परियोजना सिर्जना गरी चीनविरूद्धको सानो समूहको निर्माण गर्न खोजिरहेको देखिन्छ।