टर्कीको संयुक्त स्केटिङ संघका अध्यक्षद्वारा चीनसँग बरफ खेल सम्बन्धी सहयोगलाई सबल पार्न इच्छुक
2022-02-14 09:48:30cri
Share with:

पैचिङ २०२२ हिउँदे ओलम्पिक खेलकुद नजीकींदै आएको सिलसिलामा खेलाडीहरुले सक्रियताका साथ तालिम लिनुका साथै विभिन्न देशका खेलकुद अधिकृतहरुले पनि पैचिङ हिउँदे ओलम्पिक खेलकुदप्रति अपेक्षा गर्नुभएको छ। टर्कीको संयुक्त स्केटिङ संघका अध्यक्ष गोखान ओजदमिरले हाल पैचिङमा पहिलो पटक शर्ट ट्राक स्पिड स्केटिङ प्रतियोगितामा भाग लिने टर्कीका खेलाडीले पैचिङमा पदक प्राप्त गर्नसक्ने र चीनसँग बरफ खेल सम्बन्धी सहयोगलाई सबल पार्नसक्ने अपेक्षा गर्नुभएको छ।

 

टर्कीको संयुक्त स्केटिङ संघका अध्यक्ष गोखान ओजदमिरका अनुसार, सन् २०१८ प्याङचाङ हिउँदे ओलम्पिक खेलकुद समाप्त भएपछि टर्कीले उत्कृष्ट खेलाडीहरु छानेर पैचिङ हिउँदे ओलम्पिक खेलकुदका लागि राष्ट्रिय टोलीको गठन गरेको थियो। चालू वर्ष १९ वर्षीय फुर्कान आकार तीमध्येका एक हुनुहुन्छ। पैचिङ २०२२ हिउँदे ओलम्पिक खेलकुदमा आकारले टर्कीको तर्फबाट पहिलो पटक हिउँदे ओलम्पिक खेलकुदको शर्ट ट्राक स्पिड स्केटिङ प्रतियोगितामा भाग लिनुहुने छ, जुन टर्कीका लागि महत्वपूर्ण अर्थ रहेको छ। ओजदमिर जानकारी दिँदै भन्नुहुन्छ,

हिउँदे ओलम्पिक खेलकुदको शर्ट ट्राक स्पिड स्केटिङ प्रतियोगितामा भाग लिनु टर्कीको इतिहासमा पहिलो पटक हुनेछ। हाम्रा खेलाडीले पहिलो पटक ओलम्पिक खेलकुदमा भाग लिनुहुने कारण हाम्रा लागि महत्वपूर्ण अर्थ रहेको छ।

 

ओजदमिरका अनुसार, शर्ट ट्राक स्पिड स्केटिङ प्रतियोगितामा धेरै उत्कृष्ट खेलाडीहरु रहेतापनि टर्कीका खेलाडी आकार पनि योग्य खेलाडी हुनुहुन्छ। त्यसका अतिरिक्त, शर्ट ट्राक स्पिड स्केटिङ प्रतियोगिताको नतिजा अनिश्चित हुन्छ। आकारले पैचिङमा पदक जित्नसकोस् ओजदमिरले आशा गर्नुभयो। उहाँ भन्नुहुन्छ,

उच्च स्तरीय धेरै खेलाडीहरु रहेका छन्, तैपनि हामीले पदक प्राप्त गर्नसक्ने आशा गरेका छौं। खेलाडीले पदक प्राप्त गर्न कोसिस गर्नुहुनेछ। हामीले पनि उहाँको विश्वास गर्छौं। उहाँ युवक भएतापनि उहाँको ठूलो निहित शक्ति छ।

 

कोरोना महामारीको प्रभावमा ओजदमिरले पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा भाग लिनसक्नुहुने छैन, तथापि उहाँले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको तयारी कार्यलाई ध्यानाकर्षण दिँदै पैचिङ हिउँदे ओलम्पिक खेलकुदका रंगशालाहरुको उच्च विज्ञान तथा प्रविधिप्रति गहिरो छाप पार्नुभयो। उहाँ भन्नुहुन्छ,

मैले देखेको र सुनेको अनुसार, पैचिङ हिउँदे ओलम्पिक खेलकुदका रंगशालाहरुमा उच्च प्रविधिको प्रयोग गरिएको छ र निकै उत्कृष्ट छ, जुलाई विश्वमा सबैभन्दा उत्कृष्ट उपकरणहरुमध्येको एक मानिन्छ। रंगशालाहरुको प्रकाश, हिटर र अन्य प्रबन्धमा पुन:प्रयोग गर्नसक्ने उर्जाको उपयोग गरिएको छ।

 

ओजदमिरका अनुसार, एक जना  चिनियाँ प्रशिक्षकको प्रयास भएको हुनाले टर्कीका खेलाडीले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको शर्ट ट्राक स्पिड स्केटिङ प्रतियोगितामा भाग लिएका हुन्। सन् २०११ टर्कीले विश्वको विश्व विद्यालय हिउँदे खेलकुदको आयोजना गर्नुअघि शर्ट ट्राक स्पिड स्केटिङका लागि चिनियाँ प्रशिक्षकलाई निम्तो गरी टर्कीको पहिलो शर्ट ट्राक स्पिड स्केटिङ टोलीको गठन गरेको थियो। त्यसपछि शर्ट ट्राक स्पिड स्केटिङ टर्कीमा तिब्र गतिले प्रचलित हुँदै आएको छ। पैचिङ २०२२ हिउँदे ओलम्पिक खेलकुदको अवसर समातेर चीनसँग बरफ खेल सम्बन्धी सहयोगलाई सबल पार्न उहाँ इच्छुक रहेको छ।

चीनको बरफ खेलको स्तर विश्वमा अघिल्लो स्थानमा रहेको छ। हामीले अवश्य नै चीनसँग बढी सहयोग गर्ने अपेक्षा गरेका छौं। पैचिङ ओलम्पिक खेलकुद एउटा शुरुवात बन्नसकोस् भन्ने आशा मैले गरेको छु।