चीन र मेक्सिकोबीच दौत्य सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवमा चीन र मेक्सिकोका नेतागणबीच बधाई सन्देश आदानप्रदान #चिनियाँराष्ट्राध्यक्ष
2022-02-14 10:48:34CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी १४ तारिख चीन र मेक्सिकोबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा संयुक्त मेक्सिको राज्यका राष्ट्रपति एन्ड्रोस मानुएल लोपेज ओब्रादोरलाई बधाई सन्देश पठाउनुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङले चीन-मेक्सिको सम्बन्धमा आफूले उच्च ध्यान दिनुका साथै राष्ट्रपति लोपेजसँग दुई देशबीच सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवको सुअवसरमा परम्परागत मित्रता र सहयोगलाई बढाएर दुई देश र जनतालाई एक आपसमा भरपर्दो असल साथी भइरहन सकुन् भन्ने इच्छा व्यक्त गर्नुभयो।

 

यसै गरी, राष्ट्रपति लोपेजले आफ्नो बधाई सन्देशमा, हाल मेक्सिको र चीनबीच व्यापक रणनीतिक साझेदारी सम्बन्ध अघि बढिरहेको र यसले दुई देशका जनतालाई फाइदा पुर्याइरहेको भन्दै मेक्सिको-चीन सम्बन्ध स्थिर रूपमा विकास हुने विश्वास लिएको उल्लेख गर्नुभएको छ।