यो तथ्याङकबाट हेर्दा चीनमा लगानी गर्न सफल
2022-02-17 19:15:01cri
Share with:

चीनको वाणिज्य मन्त्रालयद्वारा हाल सार्वजनिक तथ्याङ्क अनुसार, यस वर्षको जनवरीमा चीनले व्यवहारिक रूपमा प्रयोग गरेको विदेशी कोषको रकम १ खर्ब २ अर्ब २८ करोड चिनियाँ युआन पुगेको साथै गत वर्ष सोहि अवधिको तुलनामा ११.६% बृद्धि भएको देखिन्छ।

 

सो महत्वपूर्ण तथ्याङकले चीनका लागि यस वर्ष व्यापारिक क्षेत्रको एउटा राम्रो शुरूवात देखाएको मात्र नभई विश्वका लागि विदेशी लगानीद्वारा चीनको बजारमा विश्वास लिइएको देखाएको छ साथै चीनमा लगानी गर्ने शक्ति बलियो हुँदैआएको देखिन्छ। 

 

भविष्यमा चीनले निरन्तररूपमा आर्थिक क्षमता बढाउने, विदेशका लागि खुलापनलाई अझ विस्तार गर्ने, एउटा बजारीकरण, वैधानीकरण र अन्तर्राष्ट्रियकरणको व्यापारिक वातावरण बनाउने साथै विश्वसँग विकासबाट ल्याएको हित शेयर गर्ने योजना छ।