पैचिङ हिउँदे ओलम्पिक खेलकुद हेर्ने दर निकै उच्च
2022-02-17 17:08:11cri
Share with:

 

पैचिङ हिउँदे ओलम्पिक खेलकुद हालसम्म रिले प्रसारण हेर्ने दर सबैभन्दा उच्च रहेको हिउँदे ओलम्पिक बनेको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक समिति र पैचिङ हिउँदे ओलम्पिक समितिले १६ तारिख सँगै मिलेर सार्वजनिक गरेको यो खबरबाट विश्वभरि निकै ठूलो प्रतिकृया प्राप्त भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समिति अन्तर्गत टेलिभिजन र किनमेल सेवा सम्बन्धी सीईओ अर्थात् स्थायी महानिर्देशक टिमो रूमले पैचिङ हिउँदे ओलम्पिक खेलकुद डिजिटल मिडिया चौतारोमार्फत हेर्ने दर्शकको संख्या सबैभन्दा ठूलो हिउँदे ओलम्पिक खेलकुद नै रहेको छ। ओलम्पिक रिले प्रसाण सेवा कम्पनीले त्यसअघि पैचिङ हिउँदे ओलम्पिक खेलकुदबाट विश्वको सार्वजनिक आदान प्रदान सञ्चार माध्यममार्फत २ अर्बभन्दा बढी मानिसहरूको नजरलाई आकर्षित गरिएको जानकारी दिएको छ।

 

पैचिङ हिउँदे ओलम्पिक खेलकुद हालसम्म रिले प्रसारण हेर्ने दर निकै उच्च रहेको कुराले केही पश्चिमा मिडियाको तथाकथित पैचिङ हिउँदे ओलम्पिक खेलकुद हेर्ने दर निकै सुनसान हुने अनुमानलाई खत्तम पारेको छ। साथै त्यसबाट बरफ र हिउँ खेलकुदले ल्याएको उत्साहजनक भावना, खुसी र मित्रता नै विश्वका सबै जनताले संयुक्त् रूपमा उपभोग गर्नसक्ने प्रतिबिम्बित गरिएको छ। साथै पैचिङ हिउँदे ओलम्पिक खेलकुदबाट देखाइएको एकता, सहकार्य र आशाले विश्वका विभिन्न मुलुकका लागि विश्वास र शक्ति पनि थपिएको छ।