पैचिङमा निर्मित अफ्रिकी संस्कृति तथा पर्यटन केन्द्र
2022-02-18 15:57:14cri
Share with:

 

पैचिङको एक सांस्कृतिक सिर्जनशील पार्कमा एक “अफ्रिकी संस्कृति तथा पर्यटन केन्द्र” रहेको छ। त्यहाँ पर्यटकले अफ्रिकी जनावरको नमूना र कलात्मक वस्तु हेर्ने र अफ्रिकी कफी चाख्ने मौका पाउनसक्छन्।

 

अफ्रिकी संस्कृति तथा पर्यटन केन्द्रमा पहेँलो जिराफको मूर्तिले धेरैलाई आकर्षित गरेको छ।

 

जेम्स नडीनावे युगान्डाबाट आएका हुन्। उनी अन्तर्राष्ट्रिय व्यापार र अर्थशास्त्र विश्वविद्यालयका एकजना विदेशी विद्यार्थी हुन्। सप्ताहान्तमा स्वयं सेवकको हैसियतमा उनले अफ्रिकी संस्कृति तथा पर्यटन केन्द्रमा अफ्रिकी संस्कृतिबारे जानकारी दिने गर्दछन्। उनले त्यहाँ आधा वर्षसम्म काम गरिसकेका छन्। जेम्सकाअनुसार, अवलोकन गर्न आएका पर्यटकहरू अफ्रिकीप्रति चासो लिन्छन्। जेम्स भन्छन् “बालबालिकाले मलाई सोध्छन्, ती जनावरहरू कहाँ बस्छन्? वयस्कहरू मलाई भन्छन्, अफ्रिका जाने हो भने कुन मुलुक राम्रो छ?”

 

अफ्रिकी संस्कृति तथा पर्यटन केन्द्रमा मृगआदि जनवार नमूना प्रदर्शन गरिएको छ। साथै अफ्रिकाको विभिन्न मुलुकको काष्ठकला, पत्थरकला, शुतुरमुर्गका अण्डालगायतका कलात्मक वस्तुहरू पनि प्रदर्शन गरिन्‍छ। यसका साथै अफ्रिकाको विभिन्न मुलुकको गहना पनि त्यहाँ देख्न पाइन्छ। यसबाहेक, अफ्रिकी संस्कृति तथा पर्यटन केन्द्रमा एक कफी बार खोलिएको छ। त्यहाँ इथियोपिया र केन्याको कफी चाख्नपाइन्छ। अफ्रिकी संस्कृति तथा पर्यटन केन्द्रका जिम्मेवार व्यक्ति फङ सिनसिनले नामिबियामा धेरै वर्षसम्म काम गरेर बसेका थिए। कोरोना भाइरस महामारीका कारण उनी चीन फर्किइन्। उनले साथीसँग यो अफ्रिकी संस्कृति तथा पर्यटन केन्द्र खोलिन्। उनी भन्छिन् “स्वदेश फर्केपछि मैले पैचिङमा अनुसन्धान गरेपछि अफ्रिकाको संस्कृतिबारे प्रचार-प्रसार गर्ने थोरै ठाउँ भएको ठहर लिएँ। त्यसैले मैले एक अफ्रिकी संस्कृति तथा पर्यटन केन्द्र खोल्ने निर्णय गरेँ।”

 

फङ सिनसिनले नामिबियामा पर्यटनसम्बन्धी काम गरेकी थिइन्। उनले भविष्यमा महामारी रोकिएपछि अफ्रिकी संस्कृति तथा पर्यटन केन्द्रले चिनियाँ पर्यटकहरूलाई अफ्रिकाको सुन्दरता ल्याउनसक्ने अपेक्षा व्यक्त गरेकी छिन्। उनी भन्छिन् “अफ्रिकामा धेरै पर्यटन स्रोत साधन छ। अफ्रिकाको पर्यटन अतुलनीय र प्रतिलिपि गर्न सकिदैन। मैले अफ्रिकाको पर्यटनलाई चिनियाँ पर्यटकहरूलाई जानकारी दिनेछु।”

 

अन्तर्राष्ट्रिय सम्बन्धको विषयको अध्ययनरत जेम्सको विचारमा अफ्रिकी संस्कृति तथा पर्यटन केन्द्रमा काम गर्ने उद्देश्य अफ्रिका र चीनको सांस्कृतिक आदान-प्रदान बढाउनका लागि योगदान दिने हो। उनी भन्छन् “चिनियाँ बालबालिकाको विचारमा अफ्रिका एक मुलुक हो। मैले उनीहरूलाई अफ्रिकाका धेरै मुलुकहरूबारे जानकारी दिएँ। धेरै चिनियाँ पर्यटकले अफ्रिकाको संस्कृति, समाजप्रति चासो लिन्छन्। मैले चिनियाँहरूलाई निरन्तर रुपमा अफ्रिकाबारे जनकारी दिनेछु।”