पैचिङले मात्र किन अद्भुत ओलम्पिक खेलकुदको आयोजना गर्नसक्छ?
2022-02-21 20:13:26cri
Share with:


 

फेब्रुअरी २० तारिख राति पैचिङ हिउँदे ओलम्पिक खेलकुद सम्पन्न भएको छ। सो अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमास बाचले यो एउटा अद्भुत हिउँदे ओलम्पिक खेलकुद हो भन्दै प्रशंसा गर्नुभएको छ। यो मूल्याङ्कन र १४ वर्षअघि पैचिङ ग्रीष्मकालीन ओलम्पिक खेलकुदको मूल्याङ्कन एउटै हो। सन् २००८ देखि सन् २०२२ सम्म पैचिङले व्यावहारिक गतिबिधि चलेर आफू नै ओलम्पिक आदर्शको दृढ अभ्यासी रहेको देखाएको छ।

पैचिङले किन फेरि अद्भुत ओलम्पिक खेलकुदको आयोजना गर्न सक्छ?

सर्वप्रथम चीनले विश्वलाई वचनको पालना गरी सरल, सुरक्षा, अद्भुत खेलकुदको आयोजना गर्नुका साथै फास्टर, हाइअर, स्ट्रोङ्गर, थप एकजुट समेत ओलम्पिक खेलकुद आदर्शलाई प्रचार-प्रसार गरेको छ।

यसबाहेक अरु बढी मानिस हिम तथा बरफ खेलमा संलग्न गराउनु नै ओलम्पिक खेलकुदको अर्को लक्ष्य पनि हो। ३० करोड मानिसलाई हिम तथा बरफ खेलमा संलग्न प्रोत्साहण गर्ने लक्ष्यबाट चीनलाई हिउँदे खेलको मुलुक बनाइएको छ साथै विश्वको हिउँदे खेलको नयाँ युग पनि सुरू गरिएको छ।

यो मात्रै होइन, पैचिङ हिउँदे ओलम्पिक खेलकुदले पूर्व-पश्चिम सभ्यता मिल्ने पुल पनि प्रदान गरेको छ। साथै आत्मविश्वास रहित र आशा भरिएको चीन छवि पनि प्रदान गर्नुक साथै विश्वलाई पनि हिउँदे ओलम्पिक खेलकुदसम्बन्धी धेरै अनुभव दिएको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुदले हरित र वैज्ञानिक तथा प्राविधिक ओलम्पिक खेलकुदको आयोजना गर्न चिनियाँ नमूना प्रदान गरी पारिस्थिक सभ्यताको निर्माण गर्ने र दिगो विकासलाई बढाउने चीनको प्रयास पनि देखाएको छ।

अझै महत्वपूर्ण कुरा के हो भने वर्तमान परिवर्तित स्थिति देखिएको र महामारी भइरहेको अवसरमा पैचिङ हिउँदे ओलम्पिक खेलकुद समयमै आयोजना भएबाट विश्वलाई एकजुट र शान्तिपूर्ण शक्ति थपिएको छ।