गाला गाउँ तिब्बती लिनच शहरमा प्रसिद्ध आरुको फूल गाउँ र ग्रामिणपुनर्त्थान गाउँ हो। सन् २०२१ जुलाइ राष्ट्राध्यक्ष सी चिनफिङ यहाँको नीरिक्षण गर्दा गाउँले तावाको घरमा गफ गर्नुभयो। हाल गाला गाउँमा कुनै नयाँ परिवर्टन छ कि?
गाला गाउँ नीयाङ नदीको किनारामा पर्नुका साथै ३१८ राष्ट्रिय राजमार्गसँग नजिकै छ। गाउँले दावा चेनसनको घर गाउँमा एउटा सुन्दर तिब्बती शली भवन हो। केही वर्षयता आम्दानीको वृद्धिका साथमा उनो भवन झन् झन् सुन्दर बन्दैछ। सन् २०२१ जुलाइ राष्ट्राध्यक्ष सीले दावाको घरमा दावा परिवारसँग गफ गर्नुभयो।
“सी- तिम्रो परिवार हेरेर मलाई सुखमय परिवार भएको विचार लाग्यो। भविष्यको जीवनबारे कस्तो आकांक्षा छ कि?
दावा-हाल पार्टीको नीति त्यति राम्रो छ, मेरो जीवन पनि झन् झन् राम्रो बन्दैछ। मलाई ज्यादै संतोष लाग्यो।
सी-त्यसपछि वर्तमान कार्यको राम्ररी विकास गर्नुका साथै सन्तानको राम्ररी हुर्काउनेछ। ”
तिब्बतको विकास गर्न चिनियाँ कम्युनिष्ट पार्टी कन्द्रिय समितिको नीति राम्ररी कार्यान्वयन गरेर ग्रामिण पुनर्त्थालाई अघि बढाउने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।
दावाले यसरी भने
“महासचिव सीले हाम्रो घर आएको दिन हाम्रो परिवारका लागि सुखमय दिन हो। जीवनभरि विर्सनसक्दिन।”
हरेक वसन्तकम गाला गाउँमा करिब १२०० जंगली आरू रूखहरू क्रमशः फूल फुलेका छन्। यो विशेषतायुक्त श्रोतको प्रयोग गरेर गाउँले पर्यटनको विकास गरेको छ। गत वर्ष पर्यटनबाट गाउँको आम्दानी ४६ लाख युआन पुगेको छ। गाउँका पूरै ३३ परिवारले लाभांश पाएका छन्। दावा परिवारले पनि धेरै पैसा कमाएको छ।
“परिवारका छजना सदस्य छन्। हरेक जनाले ८००० युआनभन्दा बढी पाएको छ। त्यसबाहेक हरेक परिवार करिब ५० हजार युआन थपेर कुल १ लाख ५ हजार ३११ युआन रहेको छ।”
त्यसबाहेक ढुवानी, खेतीको भाडा र पशुपालनमार्फत् गत वर्ष दावा परिवारको आम्दानी ३ लाख ५० हजार युआन पुगेको छ। उनका दुइ छोरा-छोरीको पढाइ पनि राम्रो छ।
दावाकी छोरी भूपारामले यसरी भन्छिन
“मैले हजुरवा सीको भनाइ मनमा राम्रोरी याद गर्छु। राम्ररी सिक्ने र मेहनती रूपमा सिक्नेछु। राम्रो विश्वविद्यालयमा भर्ना गरी चिकित्सक बनेर मेरो जन्मथलोका लागि योगदान दिनेछु।”