वार्तामार्फत युक्रेन संकटको समाधान गर्नुपर्ने
2022-02-22 20:17:24cri
Share with:

रूसले पूर्वी युक्रेनका दुई वटा गणतन्त्रलाई स्वीकार गरेको छ। त्यसपछि अमेरिकाले रूसमाथि आर्थिक प्रतिबन्ध लगाउन घोषणा गरेको छ साथै केही पश्चिमा मुलुकले पनि प्रतिबन्ध लगाउन घोषणा गरेका छन्। संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको युक्रेन समस्यासम्बन्धी आपतकालीन सम्मेलनमा चीनले संयम राखेर अवस्थालाई गम्भीर बनाउने कुनै पनि गतिबिधि नगर्न सबैलाई आह्वान गरेको छ।

यो नै युक्रेन संकटको समाधान गर्ने आवश्यक तर्कसंगत विचार हो। सन् २०१४ देखि युक्रेन समस्याको विकास प्रवृत्तिबारे समीक्षा गर्दा विभिन्न पक्षबीच जटिल स्वार्थको अलमल रहेको सजिलोसँग देखिएको छ। शितयुद्ध सकिएपछि नेटोले पूर्वतिर विस्तृत गर्न खोजिरहेको थियो र युक्रेन पाएमा रूसको रणनीतिक सुरक्षासमक्ष ठूलो धम्की देखिएको छ। त्यसैले रूसले पूर्वतिर अरू नसर्ने र धम्की हतियार नराख्ने कानुनी रूपमा बाध्यकारी लिखित प्रतिबद्धता दिन नेटोलाई आग्रह गरेको थियो। ठूला मुलुकको खेलबीच युक्रेनलाई सार्वभौमिकता र राष्ट्रिय सुरक्षामा अतिक्रमण हुने चिन्ता लागेकाले नेटोको संरक्षण पाउने आशा लिएको थियो। तर युरोपेली मुलुकलाई डर छ कि नियन्त्रण गर्न नसकिने युद्धमा फेरि संलग्न हुनुपर्नेछ।
त्यसैले अनेकौँ जटिल तत्वको कारणले वर्तमान युक्रेन स्थिति बनेको छ। तीमध्ये अमेरिकाले द्वन्द्व थप्ने भूमिका निर्वाह गरेको छ। केही समययता वाशिङ्टनले तथाकथित रूसले युक्रेनमा अतिक्रमण गर्ने खबर फैलाएर आन्तरिक विरोधाभासलाई स्थानान्तरण गर्न खोजेको छ। साथै भूराजनीतिक तनावपूर्ण स्थितिमार्फत युरोपको नियन्त्रण गर्न खोजेको छ। अमेरिकाको गतिबिधिले युक्रेन स्थितिलाई फेरि आगोमा घिउ थप्न काम जस्तो देखिन्छ।

युक्रेन संकटको समाधान गर्ने सबभन्दा राम्रो उपाय नै वार्ता गर्ने हो तर आगोमा घिउ थप्नु राम्रो होइन। सुरक्षा परिषदको स्थायी सदस्यको रूपमा रहेको चीनले युक्रेन समस्यामा स्थिर अडान राखिरहेको छ भने कुनै पनि मुलुकको उचित सुरक्षा चिन्तालाई सम्मान दिनुपर्छ र संयुक्त राष्ट्र संघको बडा पत्रको उद्देश्य तथा सिद्धान्तहरूलाई संरक्षण गर्नुपर्छ।