चिनियाँ बरफ र हिउँ खेलाडीहरूलाई प्रोत्साहन गर्न सी चिनफिङद्वारा जवाफ पत्र
2022-02-24 18:41:36cri
Share with:


 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले फेब्रुअरी २४ तारिख चिनियाँ स्नोबोर्डर सु यिमिङलाई पत्र लेखेर उहाँ र चिनियाँ बरफ तथा हिउँका खेलाडीहरूलाई उत्कृष्ट नतिजाका लागि बधाई दिनुभएको छ।

आफ्नो जवाफमा सी चिन फिङले लेख्नु भएको छ, तपाई र चिनियाँ बरफ तथा हिउँ खेलाडीहरूले कडा संघर्ष गर्नुभयो। शीतकालीन ओलम्पिक खेलकुदमा सबैलाई उछिनेर उत्कृष्ट नतिजा हासिल गर्नुभयो। म तपाई सबैलाई बधाई दिन्छु।

सी चिन फिङले नयाँ युग सपना पछ्याउने युग हो र यो युग अधिकांश युवाहरूले आफ्नो सपना पूरा गर्ने युग पनि भएको उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ। तपाईंको हृदयमा मातृभूमि छ र उच्च लक्ष्य होस् । संघर्षमा सुन्दर जीवन सृजना गर्नुहोस्, मातृभूमि र जनताको लागि युवा शक्ति र बल प्रदान गर्नुहोस् भन्दै राष्ट्राध्यक्ष सी चिन फिङले पत्रमा उल्लेख गर्नुभएको छ।

हालै सु यिमिङले महासचिव सी चिन फिङलाई पत्र लेख्दै कडा तालिम दिन, आत्मबल प्राप्त गर्न र आफ्नो सपना साकार पार्न सङ्घर्ष प्रक्रियाबारे जानकारी दिँदै कडा परिश्रम गरि अगाडि बढ्ने दृढ संकल्प व्यक्त गर्नु भएको थियो।