एमसीसीभित्र लुकेको अमेरिकी नियतः मुखमा रामराम बगलीमा छुरा
2022-02-24 16:16:08CRI
Share with:

फेब्रुअरी २८ तारिख नेपाल र अमेरिकाबीचको “मिलेनियम च्यालेन्ज कर्पोरेशन” सम्झौता नेपालको संसदमा पारित हुनका लागि अमेरिकाले दिएको अन्तिम समय हो। अमेरिकाले नेपाली राजदूतावासमार्फत उक्त सम्झौतामा लेखिएको ५० करोड अमेरिकी डलर अमेरिकी जनताले नेपाली जनतालाई दिएको उपहार भएको कुरा व्यक्त गर्नुका साथै अमेरिकाले अमेरिकी विदेश मन्त्रालयका प्रवक्तामार्फत धम्की दिएको छ। अमेरिकाकाअनुसार, उक्त सम्झौता पारित नभएमा अमेरिका र नेपालको सम्बन्धमा प्रत्यक्ष रुपमा प्रभाव पर्नेछ। अमेरिकाले नेपाललाई दिएको उपहार हो कि पान्डोरा बक्स?


नेपाल र अमेरिकाको “मिलेनियम च्यालेन्ज कर्पोरेशन” सम्झौता सन् २०१७ मा हस्ताक्षर गरिएयता यो तथाकथित “उपहार” नेपाली जनताद्वारा कडा विरोध गरिरहेको छ। उक्त सम्झौता नेपालमा अवरोध गरिएको छ। उक्त सम्झौता सुचारु रुपमा पारित हुन प्रत्याभूति गर्नका लागि अमेरिकाले सञ्चार-माध्यम, विपक्षी व्यक्तिलाई समर्थन पाउन पैसा दिएको छ। सन् २०२१ अगष्ट महिनामा सार्वजनिक भएको एमसीसीको दस्तावेजअनुसार, एमसीसीले कम्पनी र नेपालका लागि अमेरिकी राजदूतावाससँग पैसामार्फत संस्थान, थिङ्कट्याङ्क, सञ्चार-माध्यमको समर्थन दिने र सन्देश पठाउने कदमहरू चालेर थिंक ट्याङ्क, पत्रकार, संचालक, राजनीतिज्ञआदि व्यक्तिहरूको समर्थन पाउन आग्रह गरेको छ। समर्थन पाउन पैसा दिने तथाकथित रणनीति निकै “चौतर्फी” भएको हो।


तर वास्तवमा  चौतर्फी आर्थिक प्रलोभल र प्रचार गरिएता पनि नेपाली जनताको आँखा छोप्न सकेको छैन। किनकि अन्य देशमा खुलेपछिको पान्डोरा बक्सजस्तै एमसीसीको नराम्रो प्रभाव जारी रहेको छ।

अफ्रिकामा, सन् २०१६ अमेरिकाले तान्जानियाको राष्ट्रपति चुनाव समावेशी वा प्रतिनिधि विहिन भएको विचार गरेका कारण एमसीसीले अकस्मात् रूपमा आफ्नो पूँजी फिर्ता लियो। जसले तान्जानियाको विद्युत निर्माणमा ठूलो प्रभाव पार्यो र त्यसपछि केही समयसम्म ऊर्जा संकटमा पर्यो। अर्को उदाहरणका लागि, सन् २००९ माडागास्करको नवनिर्वाचित राष्ट्रपति अमेरिकाको हितसँग नमिलेको निहुँमा एमसीसीले लगानी योजना रद्द गर्‍यो। जसबाट मेडागास्करको पूर्वाधार परियोजनाको निर्माण पनि  दुर्घटनामा परेको थियो।

माल्ली पनि एमसीसीबाट पीडित मुलुकहरूमध्येको एक हो। अमेरिकाबाट सहायता पाएपछि माल्लीको आन्तरिक नीति धेरैजसो अमेरिकाबाट नियन्त्रित भए। ती तथ्यहरूबाट हेर्दा, वास्तवमा एमसीसी प्रभुत्व गर्ने  अमेरिकाले आर्थिक सहायतामार्फत् अरू मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने माध्यम र उपाय हो। नेपाली उखान जस्तै एसीसीको यो कोसेली ‘मुखमा रामराम बगलीमा छुरा’ हो। 

नेपालको असल छिमेकी चीनले नेपालमा भइरहेको एमसीसी घटनामा ध्यान दिइरहेको छ। अन्तर्राष्ट्रिय समाज र नेपाल बीच विकास तथा सहयोग गर्दा नेपालीहरूको इच्छाको पूर्ण रूपमा आदर गर्नुपर्छ बरू आ-आफ्नो लक्ष्य पूरा गर्न नेपालको सार्वभौमसता तथा हितमा क्षति पुर्‍याउनु हुँदैन भन्ने चीनको धारणा छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले केही दिनअघि भन्नुभए जस्तै, अमेरिकाले बाध्यता दिएर शर्तसहित कूटनीति गरेको कार्वाहीको चीनले कडा विरोध गर्दछ। नेपालीहरू स्वतन्त्र तथा निर्भर विकास बाटोमा हिंड्दै जाने सुपेच्छा चीनसँग छ बरू पान्डोरा बक्सलाई सजिलैसँग खोल्नुहुँदैन।