थाइवानमाथि अमेरिकाको हतियार बिक्रीपछि चीनको जवाफी प्रतिबन्ध
2022-02-24 18:40:38cri
Share with:

 

हाल अमेरिकाले चीनको थाइवान क्षेत्रलाई हतियार बिक्री गर्ने घोषणा गरेको छ। त्यसपछि चीनले लामो समययता थाइवानलाई हतियार बिक्री गरेका दुई वटा अमेरिकी सैन्य व्यवसायमाथि जवाफी प्रतिबन्ध लगाएको निर्णय गरेको छ। राष्ट्रिय सार्वभौमिकता र सुरक्षा हितको संरक्षण गर्ने वचन चीनले जहिले पनि पालना गर्छ।

आधा महिनाअघि अमेरिकाले चीनको थाइवान क्षेत्रलाई १० करोड अमेरिकी डलरको देशभक्त मिसाइल ईन्जिनियरिङ् सेवा र युद्धक्षेत्र निगरानी परियोजना बिक्री गरेको थियो। वर्तमान अमेरिकी सरकारले थाइवानलाई हतियार बिक्री गरेको यो दोस्रो पटक हो जुन एक चीन नीति र चीन-अमेरिका तीन वटा संयुक्त विज्ञप्ति विशेष गरी अगष्ट १७ विज्ञप्तिको नियमसँग भयंकर रूपमा विपरीत छ। चीनको सार्वभौमिकता, सुरक्षा हित र थाइवान जलडमरूको शान्ति र स्थिरतालाई यस कार्यले गम्भीर हानी पुर्‍याएको छ। थाइवानलाई हतियार बिक्री गरेको अघिपछि नै अमेरिकी सैन्य हतियार व्यवसाय र सरकारले गहिरो रूपमा मिलेका छन् र फाइदा पाएका छन् साथै निकै नराम्रो प्रभाव पारेका छन्।

चीनको विदेशी प्रतिबन्ध विरोधी कानुनका अनुसार, चीनले लामो समययता थाइवानलाई हतियार बिक्री गरिरहेका अमेरिकी रेथएओन कम्पनी र लकहिड मार्टिन कम्पनीमाथि जवाफी प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यो उचित तथा वैधानिक छ र राष्ट्रिय सार्वभौमिकता र भूभागको अविच्छिन्नतासम्बन्धी चीनको अठोट पनि देखिएको छ। चीनको राष्ट्रिय हितलाई हानी पुर्‍याएका ती व्यवसायले मूल्य चुकाउनुपर्छ।

यही वर्ष अमेरिकाका पूर्व राष्ट्रपति रिचार्ड निक्सनले चीनको भ्रमण गर्नुभएको ५०औँ वार्षिकोत्सव हो। सन् १९७२ को फेब्रुअरीमा चीन र अमेरिकाले शाङहाई विज्ञप्तिको सार्वजनिक गरी एक चीनको नीति स्वीकार गरेका छन् जुन र शान्तिपूर्ण रूपमा सहअस्तित्वका पाँच सिद्धान्त मिलेर चीन-अमेरिका सम्बन्ध सामान्य भएको र दुई देशबीच दौत्य सम्बन्ध औपचारिक रूपमा स्थापना भएको आधार बनेको छ। सन् १९८२ चीन र अमेरिकाले अगष्ट १७ तारिख विज्ञप्ति सार्वजनिक गरेका थिए भने अमेरिकाले थाइवानलाई हतियार बिक्री मात्रालाई क्रमशः घटाउने वक्तव्य जारी गरेको थियो।

५० वर्षपछिको आज ठूलो मात्राको तथ्यले प्रमाणित गरेको छ कि अमेरिकाले चीनमाथिको राजनीतिक वचनको विपरीत गरिरहेको छ जुन थाइवान जलडमरूको स्थिरतासम्बन्धी सबभन्दा ठूलो बिगार्ने तत्व बनेको छ। अमेरिका र थाइवानले जसरी मिले पनि दुई किनार एकीकृत हुने ऐतिहासिक प्रवृत्तिलाई भाँजो हाल्न सक्दैनन्।