जिम्बाब्वेको सुन्तला चिनियाँ बजारमा
2022-02-25 15:08:33cri
Share with:


 

हालै जिम्बाब्वे र चीनले सुन्तला निर्यात सम्बन्धमा सहमति प्राप्त गरेको छ। भविष्यमा जिम्बाब्वेको सुन्तला चिनियाँ बजारमा प्रवेश हुने भएको छ। चीनले अफ्रिकाको कृषि उपजको आयात बढाउने कुराबाट अफ्रिकी मुलुकहरूले चीनको बजारबाट लाभ प्राप्त गर्नसक्ने तथा चीनको प्रविधि र मापदण्ड अफ्रिकामा ल्याइने कुरा प्रतिविम्वित भएको छ। चीन र अफ्रिकाका लागि यो साझा जीत हो।

 

जिम्बाब्वे अफ्रिका महादेशको दक्षिणमा पर्दछ। त्यहाँ सुन्तलाको प्रशस्तै उत्पादन हुने गर्छ। जिम्बाब्वेको सुन्तला मीठो र सस्तो पनि छ। जिम्बाब्वेका लागि चाइना मिडिया ग्रुपका पत्रकार काउ च्युन या भन्छिन्

 “सुन्तलाको बोक्रा पातलो छ, सुन्तला निकै गुलियो र रसदार छ। यहाँ सुन्तलाको थोक मूल्य एक किलोग्रामको ०.३ अमेरिकी डलर अर्थात् दुई चिनियाँ युआन बराबर छ। सुपरमार्केटमा सुन्तलाको मूल्य एक किलोग्राम एक अमेरिकी डलर अर्थात् छ चिनियाँ युआन बराबर छ। यहाँ आएका पर्यटकहरूबाहेक सुन्तला टिप्ने मानिसहरू स्थानीय वासिन्दा हुन्। उनीहरूले सुन्तला टिपेपछि सिधै रुपमा बाटोको छेउमा विक्री गर्ने गर्छन्। उनीहरूले सुन्तलामार्फत केही पैसा कमाउनसक्छन्।”

 

लो तङफङ जिम्बाब्वेलाई सहायता दिने चीनको तेस्रो चरणको उच्च कृषि विशेषज्ञ टोलीका उप प्रमुख हुनुहुन्छ। कृषि विशेषज्ञको हैसियतमा उहाँले जिम्बाब्वेको सुन्तला व्यवसायको निरीक्षण गर्न तत्स्थल जानुभएको थियो। उहाँकाअनुसार, जिम्बाब्वेको सुन्तलाको वार्षिक उत्पादन मात्रा लगभग दुई लाख टन छ। सुन्तला दक्षिण अफ्रिका र यूरोपेली बजारतर्फ निर्यात गरिएको छ। पहिले सुन्तलाको निर्यातित मात्रा तीस हजार टन मात्रै थियो। जिम्बाब्वेको सुन्तलाको विशेष स्वाद छ र चीनको सुन्तला पाक्ने समयभन्दा फरक छ। त्यसैले जिम्बाब्वेको सुन्तला चीनमा निर्यात गरिएपछि लोकप्रिय हुने छ। लो भन्नुहुन्छ “जिम्बाब्वेको जलवायुमा हुर्कने सुन्तलाको विशेष स्वाद छ। जिम्बाब्वेको सुन्तला बजारमा प्रवेश हुने समय चीनसित फरक छ। चीनमा हरेक वर्षको डिसेम्बर महिनामा सुन्तला बजारमा प्रवेश हुने गर्दछ। जिम्बाब्वेको सुन्तला हरेक वर्षको मे र जुन महिना बजारमा प्रवेश हुन्छ। चीनमा भण्डार र ताजापान उपायमार्फत एक वर्षभरि सुन्तला आपूर्ति गर्नसकिने छ तर सुन्तलाको स्वाद भर्खरै पोकेको सुन्तलाको स्वादसित फरक हुन्छ।”  


 

हालैका वर्षहरूयता चीनले अफ्रिकी कृषि उपजको आयात बढाएको छ। चीन अफ्रिकाको कृषि उपजको दोस्रो ठूलो निर्यात मुलुक बनिसकेको छ। कफी, तिल, खुर्सानीलगायतका अझै धेरै अफ्रिकी कृषि उपजहरू इ-वाणिज्य र सुपरमार्केटमार्फत चिनियाँ सर्वसधारणको टेबुलमा ल्याएको छ। चीनको प्रधान भन्सार कार्यालयको तथ्यांकअनुसार, सन् २०२१ का अघिल्ला एघार महिनामा चीनले अफ्रिकाबाट आर्यात गरेको कृषि उपज ९.४ प्रतिशतले वृद्धि भएको छ।

 

सन् २०२१ मा आयोजना भएको चीन-अफ्रिका सहयोग मञ्चको आठौं मन्त्री सम्मेलनमा चीनले चीन-अफ्रिकाको सहयोगको “नौ वटा परियोजना” को कार्यान्वयन गर्ने घोषणा गरेको थियो। ती नौ वटा परियोजनामा व्यापारसम्बन्धी परियोजना समावेश छ। चीनले अफ्रिकाको कृषि उपज चीनतर्फ निर्यात गर्नका लागि “हरित बाटो” खोल्ने छ। आगामी तीन वर्षमा चीनले अफ्रिकाबाट आयात गर्ने कुल रकम तीन खर्ब अमेरिकी डलर पुग्ने छ।