चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा फेब्रुअरी २५ तारिख दिउँसो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता #चिनियाँराष्ट्राध्यक्ष
2022-02-25 20:02:57cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले फेब्रुअरी २५ तारिख दिउँसो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

सो अवसरमा सी चिन फिङले पैचिङ शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिन चीन आउनु भएकामा पुटिनप्रति पुन: कृतज्ञता व्यक्त गर्नुभयो र पदक तालिकामा दोस्रो स्थान हासिल गरेकोमा रुसी खेलाडीहरूलाई बधाई दिनुभयो। पुटिनले पैचिङ शीतकालीन ओलम्पिक खेलकुदको पूर्ण सफलता र चिनियाँ प्रतिनिधिमण्डलको उत्कृष्ट प्रदर्शनका लागि सबै चिनियाँ जनतालाई न्यानो बधाई दिनुभयो।

दुवै पक्षले युक्रेनको समसामयिक अवस्थाका बारेमा विचार आदानप्रदान गरेका छन्। पुटिनले युक्रेन मुद्दाको ऐतिहासिक अक्षांश र देशान्तर तथा युक्रेनको पूर्वी भागमा रुसको विशेष सैन्य कारबाहीको स्थितिको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो कि, अमेरिका र नेटोले लामो समयदेखि रुसको उचित सुरक्षा चासोलाई बेवास्ता गरेको, बारम्बार आफ्ना प्रतिबद्धताहरूबाट विचलित भएको र रूसको रणनीतिक तल्लो रेखालाई चुनौती दिँदै पूर्वतिर सैन्य तैनाथीलाई अगाडि बढाउन जारी राखेका कारण वर्तमान अवस्थाको विकास भएको हो। रुस युक्रेनसँग उच्चस्तरीय वार्ता गर्न इच्छुक रहेको पुटिनले बताउनुभयो।

सी चिन फिङले हालै पूर्वी युक्रेनको अवस्था द्रुत रूपमा परिवर्तन भएको र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको कुरा औंल्याउनुभयो। चीनले युक्रेन मुद्दाको सार्थकताका आधारमा आफ्नो अडान तय गर्छ। शीतयुद्धको मानसिकता त्याग्दै सबै देशहरूको वैध सुरक्षा चिन्तालाई महत्व दिनुपर्ने र सम्मान गर्नुपर्ने कुरामा सीले जोड दिनुभयो। वार्ताको माध्यमबाट सन्तुलित, प्रभावकारी र दिगो युरोपेली सुरक्षा संयन्त्र गठन गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो। चीनले रुस र युक्रेनलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्ने कुरामा समर्थन गर्दछ भन्दै सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने र संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य तथा सिद्धान्तहरूको पालना गर्ने चीनको आधारभूत अडान स्थिर रहेको दोहोर्‍याउनुभयो। चीनले अन्तर्राष्ट्रिय समुदायका सबै पक्षहरूसँग साझा, व्यापक, सहयोगात्मक र दिगो सुरक्षा अवधारणाको वकालत गर्न र संयुक्त राष्ट्र संघसँगको अन्तर्राष्ट्रिय व्यवस्थालाई दृढताका साथ संरक्षण गर्न र अन्तर्राष्ट्रिय कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको दृढताका साथ काम गर्न चीन इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।