सम्पूर्ण ग्रहमा सबैभन्दा सुरक्षित ठाउँ शितकालीन ओलम्पिक स्थल
2022-02-26 16:48:25cri
Share with:

पैचिङ शीतकालीन ओलम्पिक खेलकुदको समापन समारोहमा सन् २००८ पैचिङ ग्रीष्मकालीन ओलम्पिक खेलकुदको प्रतिनिधित्व गर्ने पाँचवटा ताराहरू बिस्तारै बढ्दै जाँदा र पैचिङ शीतकालीन ओलम्पिक २०२२ को प्रतिनिधित्व गर्ने हिमपात र टर्चहरू बिस्तारै घट्दै गएका थिए। यसले शीतकालीन ओलम्पिक खेलकुदले हामीलाई आधिकारिक रूपमा बिदाइ गरेको छ। स्थल निर्माण, महामारी रोकथाम र नियन्त्रण, प्राविधिक आविष्कार, इत्यादिका हाइलाइटहरू र अनुभवहरूको समीक्षा गर्दै यस खेलकुदले हामीलाई छोडेका केही स्मृतिको समीक्षा गरौँ।

"धेरै सन्तुष्ट, पैचिङ शीतकालीन ओलम्पिक खेलकुदको बन्द-लूप व्यवस्थापन धेरै सफल थियो। लगभग ०.०१ प्रतिशतको संक्रमण दरका साथ, सम्पूर्ण ग्रह(पूरै पृथ्वी)मा सबैभन्दा सुरक्षित स्थान शितकालीन ओलम्पिक स्थल हो भन्न सकिन्छ।" अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाचले फेब्रुअरी १८ तारिखमा पत्रकार सम्मेलन पैचिङ शीतकालीन ओलम्पिकको उच्च प्रशंसा गर्दै भन्नु भएको वाक्य हो यो।

पैचिङ शीतकालीन ओलम्पिक खेलकुदको महामारी रोकथाम र नियन्त्रण कार्यलाई अध्यक्ष बाचले किन यसरी प्रशंसा गर्नु भएको हो?

विश्वभर फैलिएको नयाँ कोरोना भाइरस प्रकोपको सामना गर्दै, शीतकालीन ओलम्पिक खेलकुदको शीर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न पैचिङ, चाङ च्या खौ र येन छिङका तीन प्रमुख क्षेत्रहरूलाई रचनात्मक रूपमा एक विशाल "क्लोज लूप" मा जोडेको छ। बन्द-लूप व्यवस्थापनले आगमन र प्रस्थान, यातायात, आवास, खानपान, प्रतियोगिताहरू, उद्घाटन र समापन समारोहहरू शीतकालीन ओलम्पिक खेलकुदसँग सम्बन्धित अन्य स्थानहरू समावेश थिए।

पैचिङ शीतकालीन ओलम्पिक खेलकुदको समयमा, सयौं "स्मार्ट महामारी रोकथाम कर्मचारीहरू" प्रमुख स्थानहरू र शीतकालीन ओलम्पिक खेलकुद गाउँहरूमा कार्यरत थिए। "स्मार्ट महामारी रोकथाम अधिकारी" स्क्रिनका अगाडि, सहभागीहरूले आफ्नो मास्क खोल्न आवश्यक थिएन। उनीहरुले आफ्नो आईडी मात्र स्वाइप गरेपछि सबैकुरा स्क्रिनमा देखिन्थ्यो। कुल ८ निरीक्षणहरू जस्तै पहिचान, तापमान मापन, स्वास्थ्य जाँच आदि प्रष्ट हुन्थ्यो।

 

विश्वव्यापी महामारीको गम्भीर अवस्थाको पृष्ठभूमिमा, चीनको कडा, सावधानीपूर्वक र विद्धतापूर्वक महामारी रोकथाम कार्यले शीतकालीन ओलम्पिक खेलकुदमा सहभागी विदेशी खेलाडीहरूका साथै अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अधिकारीहरू र विशेषज्ञहरूले सुरक्षाको वास्तविक अनुभूति गरेका छन्।