हिउँदे ओलम्पिक स्थलहरू जसले पूर्वीय सौन्दर्यतालाई एकीकृत गरेको छ
2022-02-26 20:30:31cri
Share with:

पैचिङ शीतकालीन ओलम्पिक खेलकुदको समापन समारोहमा सन् २००८ पैचिङ ग्रीष्मकालीन ओलम्पिक खेलकुदको प्रतिनिधित्व गर्ने पाँचवटा ताराहरू बिस्तारै बढ्दै जाँदा र पैचिङ शीतकालीन ओलम्पिक २०२२ को प्रतिनिधित्व गर्ने हिमपात र टर्चहरू बिस्तारै घट्दै गएका थिए। यसले शीतकालीन ओलम्पिक खेलकुदले हामीलाई आधिकारिक रूपमा बिदाइ गरेको छ। स्थल निर्माण, महामारी रोकथाम र नियन्त्रण, प्राविधिक आविष्कार, इत्यादिका हाइलाइटहरू र अनुभवहरूको समीक्षा गर्दै यस खेलकुदले हामीलाई छोडेका केही स्मृतिको समीक्षा गरौँ।

"बर्ड नेस्ट", "आइस क्यूब", "आइस रिबन", "स्नो ड्र्यागन", "स्नो फ्लाइङ", "स्नो रुई" प्रत्येक काव्यात्मक नाम पैचिङ शीतकालीन ओलम्पिक स्थलका सांकेतिक नाम हुन्। सन् २००८ को ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा पहिलोपटक सेवा दिएका केही स्थानहरू वैज्ञानिक रूपान्तरणबाट सन् २०२२ पैचिङ शीतकालीन ओलम्पिक खेलकुदमा पनि चम्किने मौका पाएका छन्।

राष्ट्रिय रंगशाला "बर्ड नेस्ट", जसले शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन र समापन समारोहहरू आयोजना गर्‍यो, सन् २००८ मा ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन र समापन समारोहहरू साथै ट्र्याक र फिल्ड र फुटबल खेलहरू आयोजना गरेको थियो। पैचिङ शीतकालीन ओलम्पिक पछि "बर्ड नेस्ट" विभिन्न खेलकुद कार्यक्रमहरू र मनोरञ्जन गतिविधिहरूमा प्रयोग भइरहेको छ।

शौकाङ स्की जम्पिङ प्लेटफर्म-"स्नो फै थेन" पैचिङ शीतकालीन ओलम्पिक खेलकुदमा सबैभन्दा लोकप्रिय "स्टार स्थलहरू" मध्ये एक हो। ओलम्पिक खेलकुद पछि यसले स्वदेश र विदेशमा उच्च-स्तरको बरफ र हिउँ खेलहरू आयोजना गर्नेछ र सार्वजनिक बरफ र हिउँ अनुभव र चरम खेलहरू सञ्चालन गर्नेछ।

ती स्थानले अझै धेरै शीतकालीन ओलम्पिक स्थलहरूले ओलम्पिक खेलकुद पछि सर्वसाधारणहरूलाई सेवा दिनेछन्।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिले आफ्नो आधिकारिक वेबसाइटमा ग्रीष्म र शीतकालीन ओलम्पिक खेलहरू आयोजना गर्ने विश्वको पहिलो सहरको रूपमा, पैचिङले ओलम्पिक खेलहरूको इतिहासमा पहिलो पटक धेरै प्रतिष्ठित स्टेडियमहरू पुन: प्रयोग गर्न सक्षम भएको कुराको प्रशंसा गरेको छ।