इजरायलका माध्यमिक विद्यालयका विद्यार्थीहरुद्वारा पैचिङ हिउँदे ओलम्पिकमाथि ध्यान
2022-02-28 15:41:52cri
Share with:



पैचिङ हिउँदे ओलम्पिक खेलकुद भर्खरै सम्पन्न भएको छ। रोचक खेल प्रतियोगिताहरुबाट विश्वका दर्शकहरु प्रभावित भएका छन्। विश्वका विभिन्न ठाउँबाट आएका खेलाडीहरुले हिउँ र बरफ खेलमा विशेष छवि प्रदर्शन गर्दै “तीव्र, उच्च, बलियो र एकजूट” भन्ने ओलम्पिक उखानलाई व्यवहारमा उतारेका छन्। यसका साथै शानदार र आकर्षक पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहले पनि विश्वका दर्शकहरुको मनमा गहिरो छाप पारेको छ। उक्त पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह इजरायलको एउटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले पनि हेरेका थिए। उनीहरुले उद्घाटन समारोह निकै रोचक रहेको भन्दै इजरायल र चीनका खेलाडीहरुले पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा उत्कृष्ट उपलब्धि हासिल गर्नसक्ने आशा व्यक्त गरेका छन्।

 

हालै जेरुसलममा अवस्थित द इजरायल गोल्डस्टेन युथ भिलेज स्कूलका विद्यार्थीहरुले खुसीका साथ पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह हेरेका थिए। विद्यार्थीहरुले उद्घाटन समारोह एकदम रोचक रहेको र उद्घाटन समारोहमा प्रयोग गरिएको उच्च विज्ञान र प्रविधि प्रशंसनिय रहेको हुनाले त्यो विर्सननसक्ने विचार व्यक्त गरेका छन्। उनीहरुले विशेष गरी हिउँदे ओलम्पिक खेलकुदको पोस्टर समेत बनाएका छन्। उद्घाटन समारोह हेरेपछि उनीहरु चीनको यात्रा गर्न इच्छुक रहेका छन्। एक विद्यार्थी युभाल बेनशटेन भन्छिन्,

उद्घाटन समारोह निकै शानदार थियो। त्यसमध्ये मलाई नाचगान धेरै मन पर्छ। इजरायलका खेलाडीहरु रंगशालामा देखा पर्दा म धेरै गद्गद् भएँ। सो उद्घाटन समारोह निकै प्रशंसनिय र सुन्दर छ।

 

अर्की विद्यार्थी शुलामिट भन्छिन्,

उद्घाटन समारोह एकदम रंगीचंगी र सुन्दर थियो। नृत्य र पोशाक पनि सुन्दर थियो। स्पेशल इपेक्ट्स निकै शानदार थियो। इजरायलका सबै खेलाडीहरुलाई शुभकामना दिन चाहन्छु।

 

अर्की विद्यार्थी टामार भन्छिन्,

उद्घाटन समारोहमा प्रदर्शन गरिएको नृत्य मलाई धेरै मन पर्यो। उद्घाटन समारोहबाट म धेरै प्रभावित भएकी छु। चीन घुम्ने इच्छा छ।


 

१७ वर्षीय क्रैचमान सानैदेखि आफन्तजनहरुसँग हिउँदे ओलम्पिक खेलकुद हेर्दैआएकी थिइन्। यस पटक भने उनले आफ्ना साथीहरुसँग हिउँदे ओलम्पिक खेलकुद हेरेकी छिन्। उनी भन्छिन्,

मलाई सबैभन्दा बढी मन पर्ने खेल फिगर स्केटिङ हो। दश वर्षको उमेरमा मलाई फिगर स्केटिङ सिक्ने मन भएको थियो, तर त्ससको सट्टामा सङ्गीत सिकेकी थिएँ। मलाई यो खेल निकै सुन्दर लाग्छ। हामीले विभिन्न देशले खेलकुदमा प्राप्त गरेको प्रगति देख्नसक्छौँ। मानव जातिको दक्षता असिमित छ भन्ने मलाई लाग्छ, ओलम्पिक खेलकुदबाट मेरो विश्वास प्रमाणित भएको छ।

 

लिओनलाई सबैभन्दा बढी मन पर्ने खेल स्केटिङ हो। उनी भन्छन्,

पैचिङ हिउँदे ओलम्पिक खेलकुद मैले पनि हेरेँ। मलाई सबैभन्दा बढी मन पर्ने खेल स्केटिङ हो। ओलम्पिक खेलकुद एक किसिमको राम्रो सामाजिक गतिविधि हो, त्यसले विश्वका धेरै खेलाडीहरुलाई भेला गरी एउटै मञ्चमा प्रदर्शनको अवसर प्रदान गर्छ।

 

१५ वर्षीय सोफियालाई स्केटिङ र आइस हकी मन पर्छ। उनी भन्छिन्,

पैचिङ हिउँदे ओलम्पिक खेलकुद एकदम महत्वपूर्ण छ। किनभने त्यसले विश्वका विभिन्न जातिलाई एकजुट बनाएर खेलमा भाग लिन प्रोत्साहन गरेको छ।

 

द इजरायल गोल्डस्टेन युथ भिलेज स्कूलमा चिनियाँ भाषा सिकाउने शिक्षिका ईकाटेरिनाले महामारीको स्थितिमा आयोजित पैचिङ हिउँदे ओलम्पिक खेलकुदबाट विभिन्न देशका जनताले एकजुट भएर महामारीलाई जित्ने विश्वास राख्दै भन्नुभयो,

हिउँदे ओलम्पिक खेलकुद विश्वको महत्वपूर्ण घटना हो। म हिउँदे ओलम्पिक खेलकुद हेर्न मन पराउँछु। ओलम्पिक खेलकुदको अवसरमा विश्वका विभिन्न मुलुकका जनता भेला भएका छन्। जसबाट महामारीलाई जित्ने विश्वास हामीले लिएका छौँ।