अमेरिकाको मानवअधिकार रक्षकको रूप पूर्ण रूपमा क्षतिविक्षत
2022-03-01 16:30:06CRI
Share with:

अमेरिकामा हालै गरिएको एक सर्भेक्षणबाट थाहा भए अनुसार, सन् २०२१ मा जीवनकै सबभन्दा खत्तम वर्ष भएको ठहर आधा अमेरिकीले गरेका छन् जसबाट अमेरिकामा मानवअधिकारको अवस्था अझ चर्कँदै गइरहेको देखिन्छ।

चीनले फेब्रुअरी २८ तारिख ‘अमेरिकाद्वारा मानव अधिकार उल्लंघन प्रतिवेदन सन् २०२१’ प्रतिवेदन सार्वजनिक गर्दै प्रशस्त तथ्याङ्क र नमूनामार्फत् गत वर्ष अमेरिकामा मानवअधिकार सम्बन्धि कुकर्मलाई हटाउनुको सट्टामा मानवअधिकारको उल्लंघन गर्ने अझ बढी नमूना देखा परेको प्रकाश पारेको छ।

तीमध्ये महामारी प्रतिरोधको विफलता नै ‘अमेरिकी शैलीको मानवअधिकार’को लागि ठूलो विडम्बना हो। सन् २०२१मा अमेरिकामा कोरोना संक्रमित रोगीको संख्या होस वा मृत्यु संख्या विश्वमा पहिलो स्थानमा पुगेको छ। प्रतिव्यक्तिको औसत आयु १.१३ वर्षले घटाइएको छ जुन दोस्रो विश्व युद्धयता आयुको सबभन्दा बढी घटावा हो।

महामारीको साथसाथै सन् २०२१मा अमेरिकामा जम्मा गरी ६९३ वटा ठूलो परिधिको गोलि हानाहान, हत्या दुर्घटना भएको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ। यसका अतिरिक्त, जातिय भेदभाव पनि बढ्दै गएको छ। आफूलाई प्रजातन्त्रको हिमायती मान्ने अमेरिकाका ४९ वटा राज्यबाट मतदातालाई सीमित पार्ने ४२० वटा विधेयक प्रस्तुत गरियो र सरकारप्रति अमेरिकीहरूको विश्वास सन् १९५८ देखि यता सबभन्दा तल्लो बिन्दुमा पुग्यो। 

सन् २०२१मा अन्तर्राष्ट्रिय क्षेत्रमा अमेरिकी मानवअधिकार रक्षक भन्ने रूप पूर्ण रूपमा भत्किएको वर्ष पनि हो। अफगानिस्तानबाट सेना फिर्ता गर्नु नै मानवअधिकारको नाउँमा अमेरिकाले अन्य मुलुकमा मानव अधिकार प्रकोप बनाएको सानो रूप मात्रै हो। न्यूयोर्क टाइम्स वेभसाइटले सन् २०२१को डिसेम्बर १८ तारिख जनाए अनुसार, इराक, सिरिया तथा अफगानिस्तानमा अमेरिकाले जम्मा गरी ५० हजार पटक हवाइ आक्रमण गरेको छ यसै सिलसिलामा लक्ष्यको छनौट उचित नभएको कारणले हजारौं सर्वसाधारणको ज्यान गएको छ।

मुखमा प्रजातन्त्र र मानवअधिकार भन्दै मनमा स्वार्थले भरिएको अमेरिकी राजनीतिज्ञको शब्दकोशमा मानवअधिकार वास्तवमा प्रभुत्ववाद मात्रै हो। यसै कारणले सन् २०२१मा धेरै मुलुकहरूले संयुक्त राष्ट्र संघमा अमेरिकाको निन्दा गर्दै विश्वको मानवअधिकार महान कार्यलाई बिगार्ने सबभन्दा ठूलो पक्ष अमेरिका नै हो भनेर आलोचना गरेका छन्।