एमसीसीबारे चिनियाँ सर्वसाधारणको दृष्टिकोण यस्तो
2022-03-01 21:03:11CRI
Share with:

हाल नेपालमा एमसीसीबारे निकै विवाद छ। नेपालमाथि ध्यान दिएकी चिनियाँको हैसियतमा आज यस विषयबारे कुरा गर्छौँ।

फेब्रुअरी २७ मा, नेपाली संसदले नेपाल र अमेरिका बीचको "एमसीसी" सम्झौतालाई अनुमोदन गर्नुका साथै "व्याख्यात्मक बयान" प्रकाशित गरेको छ। नेपालमा कडा प्रतिक्रिया आएको छ, धेरै ठाउँमा एमसीसी विरुद्ध विरोध प्रदर्शन भएका छन्।

यस विषयमा चीनको दृष्टिकोण कस्तो छ ? फेब्रुअरी २८ मा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनको धारणा व्यक्त गर्नुभयो।

प्रवक्ताको भनाइ संक्षेपमा हेर्दा,  त्यसमा मुख्यतया दुईवटा कुरा समेटिएको छ-

पहिलो, "पारस्परिक सम्मान र समान सहअस्तित्व" हो । एकजना चिनियाँ सर्वसाधारणको हैसियतमा, यो विभिन्न क्षेत्रमा चीनको सुसंगत धारणा हो। अरू देशसँगको आर्थिक तथा सांस्कृतिक आदानप्रदान र सहयोगमा चीनले सधैं जीत-जीतको वकालत गरेको छ, सहयोगसँग राजनीतिक शर्तको विरोध गरेको छ, र जबरदस्ती कूटनीति गरेको छैन। धेरै टाढाको कुरा  नभनौं, केही वर्षयता, चीनले धेरै दक्षिण एसियाली देशहरूसँग सहयोग गरेको छ। पूर्वाधारको निर्माण, व्यापार तथा आदानप्रदान, महामारीको विरोधमा सहयोग र खोपमा सहायता आदि आदि छन्। कहिल्यै यी सहयोगहरूमा चीनले कुनै राजनीतिक शर्त थपिएको छैन वा यी आर्थिक सहयोगमार्फत् अरू देशहरूको आन्तरिक मामिलामाथि हस्तक्षेप वा नियन्त्रण गरेको छैन। किनकि चीनको हजारौं वर्षको परम्परागत संस्कृति र बुद्धिमा पारस्परिक सम्मान र इमानदारीबाट मात्र पारस्परिक लाभकारी र जीत-जीत सहयोग गर्न सक्ने विश्वास गर्दछ।

दोस्रो, " चीनले नेपाली जनतालाई स्वाधीन रुपमा विकास बाटो छनौट गर्न निरन्तर रुपमा समर्थन दिने छ।" यसको अर्थ विश्वास र समर्थन हो। मेरो व्यक्तिगत दृष्टिकोणबाट नेपाल अझ बलियो र समृद्ध हुने र नेपाली साथीहरूको जीवन झन् झन् राम्रो हुने आशा गर्छु। नेपालको राष्ट्रिय शक्तिको विकास गर्न, नेपाली जनताको जीवनस्तरमा सुधारका लागि साँच्चिकै लाभदायी हुने र नेपाली सार्वभौमिकता स्वतन्त्रतामाथि हानि नपुग्ने सहकार्यलाई नेपाली जनताले अवश्य स्वागत गर्नेछन्। यो मेरो विश्वास छ। चीन नेपालको मैत्रिपूर्ण छिमेकी र विकास साझेदार हो। त्यसैले नेपाली मित्रहरूले आफ्नो बुद्धि तथा हृदयबाट सच्चा साथी खोज्ने चिनियाँ जनताको विश्वास छ।