५ वटा फोटोमार्फत राष्ट्राध्यक्ष सी चिनफिङको सौहार्द स्वरूप
2022-03-02 16:02:49cri
Share with:

सन् २०१३ को मे २१ देखि २३ तारिखसम्म राष्ट्राध्यक्ष सी चिनफिङले स छ्वान लु शान प्रकोपग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको थियो। प्रकोप आश्रयस्थलमा उहाँले चार वर्षको सानो बच्चालाई म्वाइ खानुभएको थियो।

सन् २०१३ को अक्टोबर ८ देखि १० तारिखसम्म राष्ट्राध्यक्ष सी चिनफिङले हाइनान प्रान्तको निरीक्षण भ्रमण गर्नुभएको थियो। गुलाफ व्यावसायिक उद्यानमा उहाँले खुसीसाथ ली जातिका सर्वसाधारणले दिएको घाँसे टोपी लगाउनुभएको थियो।

सन् २०१३ को जुलाई २१ तारिख राष्ट्राध्यक्ष सी चिनफिङले हुपै प्रान्तको निरीक्षण गर्नुभएको थियो। विमानबाट अवतरण गर्ने बित्तिकै उहाँले वर्षाको बावजुद वुहानको सिन काङ कन्टेनर बन्दरगाह पुगी त्यहाँका कर्मचारीहरूसँग भेट गर्नुभएको थियो।

सन् २०१३ को डिसेम्बर १८ तारिख राष्ट्राध्यक्ष सी चिनफिङ ममचा खान पैचिङ शहरको युए थान उत्तरी सडकमा अवस्थित रेस्टुराँ अर्थात् छिङ फङ ममचा रेस्टुराँ पुग्नुभएको थियो। खानाको छनोट गर्ने क्रममा उहाँ लाइनमै उभिनुभएको थियो। अनि उहाँ स्वयमले पैसा तिरेर त्यहीँ टेबुलमा बसेर खानुभएको थियो। लाइनमा उभिँदा उहाँले सौहार्दपूर्वक पाहुनासँग कुराकानी पनि गर्नुभएको थियो। त्यसपछि उहाँले निकै मन पराउनुभएको उक्त खानालाई “राष्ट्राध्यक्ष सीको खाना” भन्ने गरिन्छ।

 सन् २०१५ को अप्रिल ३ तारिख राष्ट्राध्यक्ष सी चिनफिङले राजधानीका किशोर किशोरीसँगै वृक्षारोपण गर्नुभएको थियो।