वसन्त चाडको अवसरमा बाघको विशाल बरफ मूर्ति
2022-03-02 16:41:47CRI
Share with:

यस पटकको वसन्त चाडसँगै चिनियाँहरूले बाघ वर्षलाई स्वागत गरेका छन्। साथसाथै बेइजिङ हिउँदकालीन ओलम्पिक्स तथा पारा ओलम्पिक्सको आयोजना गरिरहेको बेइजिङमा स्थानीयहरू बरफ खेलतिर पनि निकै आकर्षित भएका छन्। अघिल्ला वर्षहरूमा भन्दा यस पटक बेइजिङका पार्क र तालतलैयाहरूमा भीड निकै नै बाक्लो थियो। यस्तै दृश्य बेइजिङको बेहाई पार्कमा पनि थियो। बेइजिङको फरबिडन सिटीको उत्तर पश्चिममा अवस्थित यो पार्कको मुख्य आकर्षण श्वेत स्तूपा हो। त्यसबाहेक, यहाँ वसन्त चाडको अवसरमा बरफबाट बनाइएको बाघको मूर्तिले थप आकर्षण बढाएको थियो।

यस वर्ष चिनियाँहरूसँगै केही एसियाली मुलुक र नेपालमा पनि तामाङ, शेर्पालागयतका जनजातिले बाघ वर्ष मनाइरहेका छन्। बाघ वर्ष मनाइरहेका सबैलाई हार्दिक शुभकामना।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/