महासचिव सी चिनफिङद्वारा अन्य सदस्यहरूसित देश निर्माणबारे विचार विमर्श
2022-03-03 10:26:33cri
Share with:

१३ औँ चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको पाँचौँ अधिवेशन मार्च ४ तारिखबाट शुरू हुँदैछ। बितेका ९ वर्षयता चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले अधिवेशन अवधिमा सहभागी जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूसित भेटघाट गर्नुका साथै उनीहरूसँग देश निर्माण तथा विकास कार्यबारे पनि विचार विमर्श गर्दैआउनुभएको छ।

 

देश विकास सम्बन्धी कार्यनीति होस् वा जनजीवन सम्बन्धी अनेकन् विषयहरू यस क्रममा महासचिव सी चिनफिङले अन्य सदस्यहरूसँग गहन रूपमा वैचारिक आदान प्रदान गर्नुभएको छ। अधिवेशनमा सहभागी हुने जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूले विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्दछन्।

 

सन् २०१३ देखि हालसम्म महासचिव सीले २० वटा क्षेत्रका अधिकांश सदस्यहरूसित विचार विमर्श गर्नुभएको छ। ती क्रममा उहाँले सदस्यहरूको राय सुझाव सुन्नुका साथै सर्वसाधारणको साझा चासो भएका विषयहरू सम्बन्धी प्रश्नको जवाफ पनि दिनुभएको छ।