‘झूट उत्पादक’ पोम्पेओको कुचेष्टासहित थाइवान भ्रमण
2022-03-03 17:00:32CRI
Share with:

अमेरिकी पूर्व विदेशमन्त्री माइक पोम्पेओले मार्च २ तारिख थाइवानको भ्रमण गरेका छन् जुन नाम गुमाएका पूर्व राजनीतिज्ञले गरेको कुचेष्टासहितको प्रहसन हो र आफूलाई मनोरञ्जन दिलाएको गतिविधि मात्र हो। थाइवानेली मिनचिन पार्टीले केही अमेरिकीसँगै गरेको यो कथित ‘अमेरिकाको भरमा स्वतन्त्रताको खोजी’ र ‘थाइवानमार्फत् चीनको नियन्त्रण’ गर्ने कुचेष्टा विफल हुने विश्वास गरिएको छ।

संचारमाध्यमबाट माइक पोम्पेओलाई ‘इतिहासमै सबभन्दा खत्तम विदेश मन्त्री’, ‘घृणा उत्तेजक’ र ‘झुट उत्पादक’ भनिन्छ।

 

पोम्पेओको थाइवान भ्रमण गर्नुअघिको दिनमा वर्तमान अमेरिकी सरकारले पूर्व रक्षा र सुरक्षा अधिकारीहरूबाट गठित प्रतिनिधिमण्डललाई थाइवान पठाएको थियो। यसबाट के देखाउँछ भने अमेरिकी विपक्षी दल होस वा सत्तारुढ पार्टी दुवैले थाइवानलाई आफूले राजनीतिक स्वार्थ र भोट पाउने साधनको रूपमा हेरिरहेका छन्।

थाइवान मिनचिन पार्टीका अधिकारीहरूले स्थितिलाई स्पष्टसँग बुझ्नुपर्छ कि पोम्पेओको भ्रमणबाट थाइवानबाट सोही क्षेत्रलाई तनावपूर्ण बनाउने र थाइवान टापुका सर्वसाधारणको हितलाई खतरामा धकेल्ने चिन्ता छ। यसबाहेक अरू कुनै प्रभाव पार्न सक्ने छैन।

विश्वमा एउटै मात्र चीन छ। राष्ट्रिय सार्वभौमसत्ता र भूभागको अखण्डताको रक्षा गर्ने दृढ निश्चितता, दृढ इच्छाशक्ति र ठूलो क्षमता चिनियाँ जनतासँग छ जसलाई कसैले पनि कम मूल्याङ्कन गर्नुहुँदैन!