गम्भीरता साथ चौतर्फी रूपमा पार्टीको सञ्चालन
2022-03-03 10:23:23cri
Share with:

एउटा देश सञ्चालनका लागि सर्वप्रथम राम्ररी पार्टी सञ्चालन गर्नुपर्छ। पार्टीको सञ्चालन गम्भीरताका साथ गरिनुपर्छ। गम्भीरताका साथ चौतर्फी रूपमा पार्टीको सञ्चालन गर्नु नै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले देशका दुई अधिवेशनमा देशको सञ्चालन र राजनीतिको व्यवस्थापन गर्ने विषयबारे धेरै पटक चर्चा गर्नुभएको मुख्य विषय हो।

 

सन् २०१३ यता महासचिव सीले देशका दुई अधिवेशन अवधिमा अघिपछि गरी ५० पटकसम्म विभिन्न प्रतिनिधि मण्डलसँगको छलफल र लेखाजोखा कार्यक्रममा भाग लिइसक्नुभएको छ। राजनीतिक वातावरण, अधिकृतको कार्य-स्वभावको निर्माण र भ्रष्टाचार विरूद्ध आदि समस्याहरू उहाँले प्रतिनिधि र सदस्यहरूसँग विचार विमर्श गर्नुभएको एक मुख्य ध्यानाकर्षणको विषय रहेको छ।

 

पार्टीको निर्माणलाई सबल पार्न र विभिन्न पक्षका कार्य राम्रोसँग गर्नका लागि एक किसिमको असल राजनीतिक वातावरण अर्थात् एक स्वस्थ र राम्रो राजनीतिक वातावरणको सिर्जना गर्नुपर्ने कुरामा उहाँले धेरै पटक जोड दिनुभएको छ।