पैचिङ हिउँदे पारा ओलम्पिकबाट चीनको मानवअधिकार उपलब्धि प्रदर्शित
2022-03-04 18:46:19CRI
Share with:

मार्च ४ तारिख बेलुकी, पैचिङ हिउँदे पारा ओलम्पिक खेलकुद २०२२ शुरू हुँदै छ।

‘२ वटा ओलम्पिक खेलकुद उत्तिकै रोमाञ्चक’ छन्। खेलाडीहरूको अन्तर्राष्ट्रिय स्तरीय मञ्च फेरि बन्दैछ, पैचिङ। हालै चीनले अपाँगता भएकाहरूको खेलकुद महान कार्यको विकास श्वेत-पत्र सार्वजनिक गर्दै प्रशस्त तथ्याङ्क तथा नमूनाहरूमार्फत् चीनमा यो खेलकुदको विकास स्तरको द्रूत वृद्धिलाई देखाइएको छ।

"सक्षम शरीरहरू अद्भूत जीवन बिताउन सक्छन् र अपाङ्गता भएकाहरूले पनि।" र "चीनले अपाङ्गताको थप विकास गर्दै अपाङ्गहरूको चौतर्फी विकास तथा साझा समृद्धिलाई प्रवर्द्धन गर्दै जाने छ।" ...... चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङबाट प्रस्तुत ती महत्त्वपूर्ण टिप्पणीहरूबाट राम्रो जीवनप्रति अपांगता भएकाहरूको चाहनालाई निरन्तर पूरा गर्ने दिशालाई देखाइएका छन्। चीनमा आर्थिक तथा सामाजिक विकास सम्बन्धि राष्ट्रिय समष्टिगत योजना र राष्ट्रिय मानव अधिकार कार्य योजनामा अपाङ्गतालाई निरन्तर रूपमा समावेश गरिएको छ। "समानता, सहभागिता र साझेदारी" भन्ने अपाङ्गहरूको लक्ष्य व्यवहारमा उतारिँदै मानवअधिकार संरक्षणमा चीनले हासिल गरेको उपलब्धिलाई प्रतिविम्वित गरिएको छ।