अफ्रिकी मुलुकको कृषि उपज चीनमा निर्यात गरिने
2022-03-04 15:06:43cri
Share with:

हालै जिम्बाब्वे र चीनले सुन्तला निर्यात सम्बन्धमा सहमति प्राप्त गरेको छ। भविष्यमा जिम्बाब्वेको सुन्तला चिनियाँ बजारमा प्रवेश हुने भएको छ। चीनले अफ्रिकाको कृषि उपजको आयात बढाउने कुराबाट अफ्रिकी मुलुकहरूले चीनको बजारबाट लाभ प्राप्त गर्नसक्ने तथा चीनको प्रविधि र मापदण्ड अफ्रिकामा ल्याइने कुरा प्रतिविम्वित भएको छ।

 

चीनको वाणिज्य मन्त्रालयअन्तर्गत पश्चिमी एशिया तथा अफ्रिका अध्ययन विभागका उप प्रमुख युआन स्याउव्हैले अझै धेरै अफ्रिकी कृषि उपज खास गरी उच्च गुणस्तरको विशेषतायुक्त उत्पादित वस्तुहरू चीनको बजारमा प्रवेश हुनु चीनले चीन-अफ्रिका सहयोग मञ्चको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने सकारात्मक कारवाही भएको बताउनुभयो। युआन भन्नुहुन्छ “विश्वको बाहिरी माग घटेको पृष्ठभूमिमा चीनले अफ्रिकाबाट कृषि उपजको आयात बढाउनु अफ्रिकालाई महामारीले अर्थतन्त्र र समाजमा पारेको प्रभावको त्रास घटाउनका लागि हितकर भएको छ, यसले अफ्रिकी मुलुकहरूको आर्थिक पुनरुत्थानका लागि भूमिका नि‍र्वाह गर्नेछ। उच्च गुणस्तरको कृषि उपज चीनमा प्रवेश हुनु कृषि उपजप्रति चीनको विविध माग पूरा गर्नका लागि हितकर छ। हालैका वर्षहरूमा चीनको कृषि उपजको आयातमा छिटो रुपमा वृद्धि भइरहेको छ।”

 

अफ्रिकाबाट आयात बढाउनुबाट अफ्रिकी कृषि उपजले चीनको बजारमा प्रवेश गर्ने मौका पाउने कुरा प्रतिविम्वित हुनुका साथै चीनको प्रविधि र मापदण्डले अफ्रिकामा प्रवेश गर्ने मौका पाउने पनि प्रतिविम्वित भएको छ। सन् २०२१ अगष्ट महिनामा हुनान प्रान्तीय छाङ शा भन्सार विभागले रुवाण्डामा उत्पादित दुई सय किलोग्रामको सुक्खा खुर्सानीका लागि प्रवेशको जाँच प्रमाणपत्र दिएको थियो। चीनले अफ्रिकाको सुक्खा खुर्सानीको आयात गरेको यो पहिलो पटक हो। आयातित कम्पनीले जानकारी दिएअनुसार, सुक्खा खुर्सानीको आयात गर्नुका साथै कम्पनीले पनि रुवाण्डातर्फ बिउ रोपन मेशिन, अन्नबाली सुक्खा बनाउने मेशिन निर्यात गरेको छ। कम्पनीले रुवाण्डालाई खुर्सानीको रोपाइ, परिमाण र प्रशोधन स्तरलाई माथि उकास्न र स्थानीय कृषिको आधुनिक विकासलाई अगाडी बढाउन मद्दत दिएको छ।

 

जिम्बाब्वेको सञ्चार-माध्यमका अनुसार, जिम्बाब्वे र चीन यी दुवै मुलुकबीच जिम्बाब्वेको सुन्तला निर्यात तथा चिनियाँ प्रविधि उपलब्ध गराउने विषयबारे सहमति प्राप्त गरेका छन्। जिम्बाब्वेलाई सहायता दिने चीनको तेस्रो चरणको उच्च कृषि विशेषज्ञ टोलीका उप प्रमुख लो तङफङले प्राविधिक सहकार्यले चीनको सुन्तलाको उत्पादन प्रविधि र मापदण्डलाई जिम्बाब्वेमा प्रवेश गराउनसक्ने र यो जिम्बाब्वेमा सुन्तलाको उत्पादन मात्रा बढाउन तथा प्रतिस्पर्धात्मक शक्तिलाई उकास्नका लागि हितकर हुने बताउनुभयो। लो भन्नुहुन्छ “जलवायुअनुसार जिम्बाब्वे सुन्तला व्यवसायको विकास गर्न हितकर छ। सुन्तला सिधै रुपमा खानपाइन्छ र साथै जूसको उत्पादन गर्नसकिन्छ।  जिम्बाब्वेमा प्रविधिको अभाव छ। हामीले जिम्बाब्वेलाई प्राविधिक मद्दत दिने हो भने राम्रो उत्पादित वस्तुको उत्पादन गर्नसकिने छ।”

 

सन् २०२१ मा चीन र अफ्रिकाबीचको व्यापार रकम कोरोना भाइरस महामारीअघिभन्दा बढी भएको छ र यसले इतिहासमा नयाँ कीर्तिमानको सिर्जना गरेको छ।