चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनको इतिहासमा गत वर्ष कोसेढुंगा
2022-03-05 10:59:17CRI
Share with:

     तेह्रौँ राष्ट्रिय जन-काँग्रेसको पाँचौँ सम्मेलन आज बिहान जन बृहत सभा भवनमा सुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङलगायत चिनियाँ कम्युनिष्ट पार्टी तथा राष्ट्रिय नेतागण उपस्थित हुनुभएको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङले सरकारी कार्य प्रतिवेदन पेश गर्नुभएको छ।

      प्रधानमन्त्री ली ख छ्याङले सरकारी कार्य प्रतिवेदनमा औंल्याउनुभएअनुसार, सन् 2021 चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनको इतिहासमा गत वर्ष कोसेढुंगा सावित भएको छ। सी चिन फिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले चिनियाँ कम्युनिष्ट पार्टी तथा देशका सारा जनतालाई लगेर भव्यताका साथ चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको शतवार्षिकी मनाएको थियो भने गरिबीको निवारणको लडाइँमा सफलता प्राप्त गरेको छ। साथै सकारात्मक रूपमा समाजवादी आधुनिकीकृत मुलुक निर्माण गर्ने नयाँ क्रम सुरू भएको छ।