सी चिनफिङ भित्री मंगोलियाको प्रतिनिधि मण्डलको छलफलमा चिनियाँ राष्ट्र समुदायको वैचारिक आधारलाई निरन्तर रुपमा सुदृढ पार्ने कुरामा जोड
2022-03-06 16:40:00CRI
Share with:

तेह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौं सम्मेलन मार्च पाँच तारिख शुरु भएको सोही दिन चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मित्री मंगोलियाको प्रतिनिधि मण्डलको छलफलमा भाग लिनुभएको छ। सीले विभिन्न जातिका सर्वसाधारणलाई चिनियाँ राष्ट्र समुदायको वैचारिक आधारलाई निरन्तर रुपमा सुदृढ पार्न निर्देश गर्नुपर्ने, विशाल मातृभूमिको संयुक्त रुपमा निर्माण गर्नुपर्ने, सुन्दर जीवनको संयुक्त रुपमा सिर्जना गर्नुपर्ने, स्थिर र स्वस्थ आर्थिक वातावरणलाई कायम राख्नुपर्ने, देश समृद्धि र जनताको सुरक्षाको सामाजिक वातावरणलाई कायम राख्नुपर्ने कुरामा जोड दिनुभएको छ।

सन् २०१८ महासचिव सी चिनफिङ चिनियाँ राष्ट्रिय जन काँग्रेसको सम्मेलनमा सहभागी भित्री मंगोलिया स्वायत्त प्रदेश सम्मेलनका प्रतिनिधि निर्वाचित हुनुहुन्थ्यो। सीले उहाँको उद्देश्य चिनियाँ कम्युनिष्ट पार्टीले जातीय सिमावर्ती क्षेत्रमा महत्व दिएको कुरा देखाउनु हो भन्नुभयो। चालू वर्षका दुई वटा अधिवेशनमा सी चिनफिङले लगातार पटकसम्म भित्री मंगोलियाको प्रतिनिधि मण्डलको छलफलमा सहभागी हुनुभएको हो।

सीले भित्री मंगोलियाको आज विभिन्न जातिका सर्वसाधारणले संयुक्त रुपमा प्रयास गरेको नतिजा हो, भित्री मंगोलियाको भोलि विभिन्न जातिका सर्वसाधारणको एकता प्रयास चाहिने कुरामा जोड दिनुभयो।