सी चिनफिङद्वारा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष बाखलाई जवाफ चिट्ठी
2022-03-06 17:00:49CRI
Share with:

मार्च २ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाखलाई जवाफी चिट्ठी पठाउनुभएको छ।

सीले पैचिङ हिउँदे ओलम्पिक खेलकुद २०२२ सफलताका साथ सम्पन्न भएको, चीनले ओलम्पिक खेलकुदको आयोजनाको प्रतिबद्धतालाई चौतर्फी रुपमा व्यवहारमा उतारेको, विश्वका लागि सरल, सुरक्षित र अद्भुत ओलम्पिक खेलकुद देखाएको र अन्तर्राष्ट्रिय समाजले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उच्च मूल्यांकन गरेको कुरा बताउनुभयो।

सीले यो चिनियाँ जनताको सफलता भएको बताउँदै चिनियाँ जनता चीनले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको तयारी गर्ने शक्ति भएको र पैचिङ हिउँदे ओलम्पिक खेलकुदमार्फत चीनका तीस करोड जना हिउँ र बरफ खेलमा संलग्न भएको कुरा बताउनुभयो।

साथै उहाँले यो विश्वका जनताको सफलता भएको, विश्वको विभिन्न क्षेत्रका खेलाडीहरूले विश्वका जनताका लागि न्याय र आशा पुर्‍याएका, विश्वका लागि शान्ति र मित्रताको बिउ रोपेको कुरामा जोड दिनुभयो। 

सीले अध्यक्ष बाख र अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुदले लामो समययता पैचिङ हिउँदे ओलम्पिक खेलकुदको समर्थन दिएकोमा कृतज्ञता ज्ञापन गर्नुभयो। सीले चीन सरकारले अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुदसँग सहकार्य गर्ने, अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुदको कार्यको निरन्तर रुपमा समर्थन दिने आशा व्यक्त गर्नुभयो।

हालै बाखले पनि राष्ट्राध्यक्ष सी चिनफिङलाई चिट्ठी पठाई पैचिङ हिउँदे ओलम्पिक खेलकुद२०२२ सफलताका साथ सम्पन्न भएको शुभकामना दिनुभयो।