बाल-बालिकाको बरफ खेल सम्बन्धी चीनको पहिलो डोक्युमेन्टरी चलचित्र “बरफमा खेल्ने बेला”को प्रदर्शन
2022-03-07 10:16:19cri
Share with:

जनवरी ७ तारिख बाल-बालिकाको बरफ खेल सम्बन्धी चीनको पहिलो डोक्युमेन्टरी चलचित्र “बरफमा खेल्ने बेला” को प्रदर्शन चीनमा भएको छ। तीन वर्ष लगाएर बनाइएको यो डोक्युमेन्टरी चलचित्र चीन, रुस, स्विडेन र क्यानाडा लगायत मुलुकहरुमा छायाँकन गरिएको छ। त्यसले आइस हकी खेल्ने तीन जना चिनियाँ किशोरको खेलकुद सपना सम्बन्धी कथा सुनाएको छ।

 

आइस हकी हिउँदे ओलम्पिक खेलकुदमा सबैभन्दा बढी खेलाडीहरु भाग लिने सामूहिक बरफ खेल हुनुका साथै “बहादुर बीचको खेल” पनि हो। पैचिङमा आइस हकी खेलमा सहभागी भएकाहरुको संख्या सन् २०१२ मा एक सय पनि पुगेको थिएन, तथापि हिउँदे ओलम्पिक खेलकुदको आयोजक शहर बनेपछि यस खेलको गतिशील विकास भएको छ। आइस हकी विद्यालय र सामुदायिक क्षेत्रमा प्रचलित भएपछि अरु बढी युवा युवती र किशोर किशोरीहरुले त्यसलाई मन पराउन थालेका छन्। यस्तो पृष्ठभूमिमा युवा चलचित्र निर्देशक लिउ हान श्याङले सन् २०१८ देखि पैचिङका तीन जना किशोरले आइस हकीका लागि कोसिस गर्ने प्रक्रिया लेन्सबाट रेकर्ड गर्नुभयो। उहाँ भन्नुहुन्छ,

 

धेरै बच्चा र उनीहरुको परिवार हिउँदे खेल मन पराएका हुनाले ३० करोड चिनियाँहरु बरफ र हिउँ खेलमा संलग्न भएका छन्। हिउँदे ओलम्पिक खेलकुदका खेलाडीहरुले स्वर्ण पदक अथवा रजत पदक प्राप्त गरेको हामीले देखेका छौं, तथापि उनीहरुले आफ्नो बाल्यकालमा कस्तो किसिमको छनौट गरेको हामीले देखेका छैनौं। त्यसैले हामीले यस्तो कथा रिकर्ड गरेका छौं।

 

डोक्युमेन्टरी चलचित्र “बरफमा खेल्ने बेला”मा किशोर खेलाडीहरुले उनीहरुका अभिभावकको साथमा मेहनतसँग तालिम लिएको दृश्य रहेका छन्, यसका साथै प्रतियोगिता स्थलमा दुई टोली बीच तीब्र प्रतिस्पर्धा भएको दृश्य रहेका छन्, उनीहरुले रुस र स्विडेनको आइस हकी विद्यालयमा तालिम लिएको दृश्य पनि रहेको छ। डोक्युमेन्टरी चलचित्रमा अभिभावकहरुले किन आफ्ना छोरालाई आइस हकी खेलमा लगाउने कारणबारे पनि चर्चा गर्नुभयो।

 

केटाले प्रतिस्पर्धात्मक खेल खेल्नुपर्छ। मेरो छोरा यु ली फानको स्वभाव अलि नम्र छ। उसलाई दबाव दिएर आफ्नो स्वभाव बलियो बन्नसकोस् भन्ने आशा हामीले गरेका छौं।


 

उसलाई सोधेर उसले म प्रसिद्ध खेलाडी बनेर एन एच एलमा भाग लिने जवाफ दिएको छ। उससँग यस सपना भएपछि अभिभावकको रुपमा हामीले उसलाई भ्याएसम्म समर्थन गरेका छौं।

 

चलचित्रमा किशोर खेलाडीहरुको सीप दिन प्रतिदिन उकासिंदै आएको सिलसिलामा उनीहरुले मानव जीवनको पहिलो छनौटको सामना गर्नुपरेको थियो। उनीहरुले पेशागत खेलाडी बन्ने छ की र कसरी यस सपनालाई साकार तुल्याउने छनौट गरेका थिए। तीन परिवारले तीनटा फरक छनौट गरेका छन्। चलचित्रका निर्देशक लिउ हान श्याङले तीन वर्षसम्म उनीहरुका जीवन र तालिमको छायाँकन गरेपछि आफू पनि प्रभावित हुनुभयो।

 

यस्तो बालक खेलको सम्बन्धी डोक्युमेन्टरी चलचित्र अरु देशमा बनाइएको थिएन, त्यसैले हाम्रा लागि अनुसरण गर्नसक्ने विषय पाइएको थिएन। यस चलचित्रका कथाहरु समय वित्दै प्राकृतिक रुपमा भेटिएका हुन्। बच्चाहरुले बरफमा खेल्दा उनीहरुका अभिभावकले उनीहरुको समर्थन गर्नुका साथै कहिलेकाहीं प्रशिक्षक पनि बनेका छन्। जुन मानव जीवनको प्रतियोगिता स्थल पनि हो। हामीले आइस हकीको कथा सुनाउनुका साथै बच्चा र उनीहरुका अभिभावकहरु हुर्कँदै आएको कथा पनि सुनाएका छौं।