चीनका दुई अधिवेशन व्यापक साँचो र प्रभावकारी प्रजातान्त्रिक समारोह
2022-03-08 20:14:42cri
Share with:

“चालु वर्षका दुई अधिवेशनमा निकालिने निर्णयबाट यथावत् रूपमा चिनियाँ सर्वसाधारणको चाहना अभिव्यक्त गरिनुका साथै उनीहरूको योगदान पनि प्रतिबिम्बित गरिनेछ।” बेलायती खेलक एवम् राजनीतिक टिप्पणीकार कार्लोस मार्टिनेजका अनुसार, चीनका दुई अधिवेशन कानुनी व्यवस्थामा आधारित समाजवादी प्रजातन्त्रको उत्कृष्ट नमुना रहेको छ।

प्रत्येक वर्ष चिनियाँ दुई अधिवेशन बाह्य जगतले चिनियाँ प्रजातन्त्रको गुणस्तरको सर्वेक्षण गर्ने एक महत्वपूर्ण झ्याल नै हो। यस वर्षका दुई अधिवेशन अवधिमा झण्डै ५ हजार जन राष्ट्रिय जन कंग्रेसका प्रतिनिधि, जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूले पैचिङमा भेला भई राष्ट्रिय मामिलाको विचार विमर्श गरेर जनताको अभिलाषालाई देश विकास हुने प्राथमिक योजनामा समावेश गरिरहेका छन्। त्यो चिनियाँ प्रजातन्त्रलाई व्यवहारमा उतारिएको वास्तविक तथ्य रहेको मात्र नभई जनताहरू मालिक भएर आफ्नो देशको सञ्चालन गर्ने चिनियाँ प्रजातन्त्रको निष्कर्ष र केन्द्रीय विषय रहेको छ।

प्रजातन्त्र भन्ने क्षेत्रमा सबभन्दा राम्रो रहेको छैन। तर त्यसमा अझ राम्रो हुने विषय छ। मार्च ७ तारिख तेह्रौं राष्ट्रिय जन कंग्रेसको पांचौं सम्मेलनमा स्थानीय संगठन ऐनको मस्यौदा पत्रको लेखा जोखा गरिएको छ।