२७ प्रश्नको जवाफबाट विश्वप्रति चीनको जिम्मेवारी अभिव्यक्त
2022-03-08 20:08:40cri
Share with:

चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले मार्च ७ तारिख चीनका दुई अधिवशेनको पत्रकार सम्मेलनमा चीनको कूटनीतिक धारणाबारे प्रष्ट पार्नुभएको छ। करिब दुई घण्टा चलेको सो पत्रकार सम्मेलनमा उहाँले युक्रेनको परिस्थिति, ठूला मुलुक बीचको सम्बन्ध, विश्वको व्यवस्थापन लगायत २७ प्रश्नको जवाफ दिनुभयो।

चीनले वास्तविकता बमोजिम युक्रेन समस्याको समाधानका लागि चार सूत्रीय धारणा प्रस्तुत गरेको छ। यसका साथै अन्तर्राष्ट्रिय समाजसँग शान्तिका लागि वार्ता गर्ने र ठूलो परिमाणको मानवतावादी संकटबाट जोगाउने दुई समस्यामा ध्यान दिनसक्ने चीनले आह्वान गरेको छ। मध्य पूर्व क्षेत्रमा सुरक्षा र स्थिरतका लागि पाँच सूत्रीय राय-सुझाव र अफगानिस्तानका छिमेकी मुलुकहरुका विदेश मन्त्री स्तरीय सम्मेलनको तयारी गर्ने पनि चीनले प्रस्तुत गरेको छ।

चीनले कोरोना महामारी र जलवायु परिवर्तन लगायत विश्वव्यापी चुनौतिको सामना गर्दै विश्व विशेष गरी विकासोन्मुख मुलुकहरुलाई महमारीको प्रतिरोधका लागि निरन्तर रुपमा राहत प्रदान गरेको छ। महामारीको पृष्ठभूमिमा सफलताका साथ आयोजित पैचिङ हिउँदे ओलम्पिक खेलकुदले विश्वका लागि अरु बढी एकजूटको शक्ति पुर्‍याएको छ।

चर्चित चीन-अमेरिका सम्बन्धबारे चीनले त्यसलाई स्थिर र स्वस्थ बाटोमा फर्काउने अडान लिएको छ। जसबाट चीनले नयाँ किसिमको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्न सक्रिय प्रयास गर्दै उथलपूथल विश्वलाई स्थिर पार्न खोजेको देखिन्छ। उत्तरदायी चीनले साँचो बहुपक्षीयवादको निरन्तर रुपमा पालना गर्दै विश्वसँग विकास गरी भविश्यतिर अघि बढ्ने छ।