#अल्पसंख्यक जाति# तिब्बतीहरू कसरी नव वर्ष मनाउँछन्
2022-03-08 11:24:32CRI
Share with:

मार्च तीन तारिख अर्थात् गत साताको बिहिबारदेखि सन् २०२२ तिब्बती जातिको नव वर्ष सुरू भएको छ। तिब्बती जातिको नव वर्ष तिब्बती जातिको सबैभन्दा भव्य र रमणीय जातीय महोत्सव हो। आजको कार्यक्रममा म तिब्बतीहरू कसरी नव वर्ष मनाउँछन् भन्ने विषयमा जानकारी दिने छु।

  तिब्बती जातीय परम्परागत रीतिरिवाजअनुसार, नव वर्ष मनाउँदा तिब्बती सर्वसाधारणहरू जातीय रङ्गीबिरङ्गी पोशाक लगाएर परम्परागत सांस्कृतिक कार्यमा भाग लिने गर्छन्। त्यसैले तिब्बती जातिको नव वर्ष परम्परागत संस्कृतिको उत्तराधिकार गर्ने भव्य समारोह पनि हो।

उदाहरणका लागि सोही अवसरमा तिब्बतीहरूले “छेमा”, “कुथु” नामक खाना खाने चलन छ।

छेमा पोलेको जौ र गहुँलाई काठद्वारा बनाइएको आयताकार बक्समा राखिएको हुन्छ। उक्त बक्समा चन्द्रमा र ताराको चित्र कुँदिएको हुन्छ। “छेमा” प्रचुर बाली भित्र्याउने प्रतीक हुनुका साथै खाने मान्छेकालागि नयाँ वर्षमा सौभाग्य तथा स्वस्थ रहोस् भन्ने शुभकामनाको भावना हुन्छ।

तिब्बती जातिको नयाँ वर्ष अघिको दिन अर्थात् पूरानो वर्षको अन्तिम राति परिवारका पूरै सदस्यहरू एउटै ठाउँमा भेला भएर सँगसँगै बसेर “कुथु” खाने कार्यक्रम नभई नहुने कुरा हो। “कुथु”  मुछेको पीठो, भेडाको मासु आदि सामग्रीद्वारा बनाइएको खीर हो। महिलाहरूले मुछिएको पीठोका स-साना डल्ला बनाएपछि त्यसभित्र विविध सामग्री राखिएको हुन्छ। यी सामग्रीले खाने मान्छेको भाग्य बताउने मानिन्छ। उदाहरणका लागि ढुङ्गाले क्रूर, ऊनले कम्जोर, कोइलाले कालो मन तथा नराम्रो, सिक्काले धन बुझाउने गर्दछ। मान्छेहरूले त्यसबारे हाँस्दै गफगाफ गर्दा कत्ति रमाइलो हुन्छ।

मीठा मीठा खानेकुरा खाँदै तिब्बतीहरूले तिब्बती ओपेराको अवलोकन गर्ने रीतिरिवाज पनि छ। हाल तिब्बती ओपेराको राम्रोसँग सुरक्षा गरिएको छ। तिब्बती ओपेराको उत्तराधिकार तथा विकास गर्न सरकारले विशेष लगानी गरेको छ। श्वे तुन चे अर्थात् हिउँद महोत्सव आदि महत्वपूर्ण पर्वमा तिब्बती ओपेरा पनि देखाइन्छ। त्यसैले तिब्बती ओपेराको लोक प्रदर्शन समूहहरूको तिव्र विकास पनि भएको छ। तिब्बती जातिको नव वर्ष मनाउने अवसरमा तिब्बती ओपेराका यी लोक प्रदर्शन समूहहरूले विभिन्न क्षेत्रमा प्रदर्शन गर्छन्।

त्यसबाहेक नव वर्ष मनाउनका लागि जौको बालाद्वारा सुन्दर “लोसामैतो”, सुमधुर तथा खुशीयाली लोकप्रिय नाचगान कला आदि आदि पनि देखाइन्छ। हाल तिब्बती जातिको नव वर्ष तिब्बती लोकप्रिय कला, खेलकुद तथा रीतिरिवाज देखाउने महत्वपूर्ण मञ्च बनेको छ।

 त्यसैले भविष्यमा मौका पाएमा तिब्बतमा यात्रा गरेर विशेषतायुक्त तिब्बती नव वर्षको अनुभव गरौँ।