फै शुई लडाईं सम्बन्धी कथा-2
2022-03-09 11:03:39cri
Share with:


गत साता पहिलो भाग राखिएको लेखको बाकी भाग। पहिलो भागको लिङ्क:

https://nepal.cri.cn/2022/03/02/ARTIW1hIShFBRo7DmOwM8yt6220302.shtml?spm=C75752.PddGypN0RK4w.ELtszKXSmDhP.17

 

फु चिआनले अग्रगामी सेनाले हार खाएको खबर पाएपछि सेनालाई प्रेरणा दिन यु तुरुन्तै द्ध मोर्चामा आएका थिए। उनले शहरको बुर्जामा आरोहण गरेर फै शुए खोलाको पूर्वी किनारामा रहेका चिन शासनका सेनाको अवस्थाको अवलोकन गरे। उनले पूर्वी किनारामा रहेका चिन् शासनका सैनिक शिविरमा पाल टाँगेका र तीनमा ध्वजा-पताकाहरु पनि फहराइरहेका देखे। शिविरबाट क्षण-क्षणमा मादलको आवाज पनि आइरहेको थियो। यसले गर्दा फु चिआनको मनमा आश्चर्यको छाल उठ्यो। उनले तुरुन्तै उत्तरतिर फर्केर टाढाको पा कुङ शान् पहाडमा नजर पुर्‍याए। तर पनि फु चिआनको मनमा चिन शासनको सेनाको शिविरको दृश्य झलझली आइरह्यो। आँखा तिरमिर भएका उनले पा कुङ शान् पहाडमा भएका रुखहरुलाई पनि शत्रुका असंख्य ध्वजाहरुका रुपमा देखे। उनलाई ज्यादै डर लाग्यो र फेरि त्यता हेर्ने हिक्मत पनि गर्नसकेनन। फु चिआनले आफ्नो तल्लो तहका अधिकारीलाई भने:“चिन् शासनका सेना धेरै छन् र घोडाहरु पनि धेरै छन, यो शक्तिशाली शत्रु हो, उनीहरुलाई किन तिमीहरुले दुर्बल ठानेका छौ?”

        यसै बेला शे श र शे स्युआनले छलफल गरेर के निश्कर्षमा पुगे भने पूर्व छिन शासनका सेना बढी भए तापनि ती सिपाहीहरुमा विभिन्न जातिका मानिसहरु भएकाले उनिहरुमा मेल छैन। यसका अतिरिक्त, पूर्व छिनका सेना बढी भए तापनि उनिहरुले लामो पैदल यात्रा गर्नुपरेका कारण सैनिक र घोडा दुबै थाकेका छन। त्यसैले चिन् शासनका सेनाले तिव्र आक्रमणका आधारमा युद्ध समाप्त गर्ने रणनीति अपनाउनुपर्छ। त्यसैले शे श र शे स्युआनले फु चिआनलाई पत्र पठाएर छिन् शासनका सेनालाई फै शुए खोलाको किनाराबाट पछि हट्न र यस मौका पारी खोला तरिरहेका चिन् शासनका सेनामाथि अकस्मात प्रहार गर्न सेना पठाउने फु चिआनको विचार थियो। त्यसैले पूर्व छिन शासनका सेनालाई पछि हट्ने आदेश दिए ।
 

         तर पूर्व छिन् शासनका सेनामा विभिन्न जातिका सिपाहीहरु भएका कारण लडाईं गर्ने उनीहरुको इच्छा थिएन र पछाडिका सेनाले पछि हट्ने आदेश पाएपछि अघिल्लो मोर्चामा सेनाले हार खाएको ठानेर हतारमा पछि हटे। पूर्व छिनका सेनामा तुरुन्तै गोलमालको स्थिति सिर्जना भयो। यो मौका छोपेर चिन् शासनका सेनाले फै शुई खोला पार गरी हमला शुरु गरे। पूर्व छिनका सेनामा केही सैनिकले “छिन सेनाले हार खाएको उद्घोष गरेका थिए। ”अरु सैनिकहरुले यो कुरा सुनेपछि स्थिति झनै गोलमाल भयो। त्यसपछि पूर्व छिनका सैनिकहरु भाग्ने क्रममा किल्चिएर धेरै सैनिक त्यसै मरेका थिए। त्यस क्रममा फु चिआन्लाई पनि गोली लाग्यो र उनी घाइते भए। चिन् सैनिकहरुले लखेट्दै मारकाट गर्दै गए र फु चिआनले हत्तपत्त केही सैनिकसहित भागे। उनीहरुले भाग्दा-भाग्दै निकै थकाइ लागेपछि एक छिन आराम गर्नखोज्दा अकस्मात हुरी-बतास र बकुल्लाको आवाज सुने। यो आवाज सुनेर चिन् सैनिकहरु आएको भ्रममा परी फेरि भागे। पूर्व छिनका सेना हार खाएर फर्किसकेका थिए र त्यसको शक्ति दिनप्रति दिन कम्जोर हुँदैगएर दुई वर्षपछि पूर्व छिनको पतन भयो।

        फै शुई लडाईंका क्रममा चिन् शासनका असी हजार सैनिकले पूर्व छिन् शासनका आठ लाख सत्तरी हजार सैनिकमाथि विजय हासिल गरेका थिए। चीनको इतिहासमा यो लडाईंलाई दुर्बल शक्तिले शक्तिशाली सेनामाथि विजय हासिल गरेको एक प्रसिद्ध लडाईं ठानिएको छ । यसका अतिरिक्त, फै शुई लडाईंको कथाबाट “कोर्रा फालेर खोलाको प्रवाहलाई छेक्ने, घाँस तथा रुखहरुलाई पनि शत्रु पक्षका सिपाही ठान्ने भ्रम,“हुरी बतास र बकुल्ला चराको आवाज”आदि उखानहरु पनि प्रचलनमा आएका छन।