अमेरिकाले हतार हतार प्रयोगशालाको सूचना किन हटायो?
2022-03-10 16:56:17cri
Share with:

रूसले हालको सैन्य कारवाहीका क्रममा अमेरिकी पूँजीद्वारा युक्रेनमा तैनाथ सैनिक जैविक वस्तु योजना फेला पारेको कुरा रूसी राष्ट्रिय प्रतिरक्षा मन्त्रालयले जनाएको छ। गत फेब्रअरीको अन्तमा युक्रेनका लागि अमेरिकी दुताबासले हतारहतार अमेरिकी जैविक प्रयोगशाला सम्बन्धी वेभसाइटमा रहेका सम्बद्ध दस्तावेजलाई हटाएको थियो। त्यस कारवाहीबाट अन्तर्राष्ट्रिय समुदायको शंका आएको छ, वास्तवमा अमेरिकालाई के डर लागेको छ? अमेरिकाले युक्रेन लगायत विविध मुलुकमा तैनाथ गरेका सैयौं विदेशी जैविक वस्तु प्रयोगशालाहरूमा के कस्तो गोप्य कुरा लुकिएका छन्?

अमेरिका आफैंले सार्वजनिक गरेको तथ्यांक अनुसार, युक्रेनमा रहेका अमेरिकी जैविक वस्तु प्रयोगशालाको संख्या २६ रहेको छ। अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्रालयले ती प्रयोगशालाहरूको अवश्य नै नियन्त्रण गर्ने गर्दछ।

विदेशी सञ्चार माध्यमबाट चुहिएको खबर अनुसार, धेरै वर्षयता अमेरिकाले विश्वका ३० वटा मुलुकमा जम्मा ३३६ वटा जैविक वस्तु प्रयोगशालाको नियन्त्रण गरिसकेको छ। अझ आश्चर्य कुरा के छ भने अमेरिकाले विदेशमा तैनाथ जैविक वस्तु प्रयोगशाला र तत्स्थानमा देखा परेका अनेकन् विरलै देखिने सुरूवा रोग बीच कुनै सम्पर्क वा सम्बन्ध मौजुद रहेको देखिन्छ।